कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रुस-उत्तर कोरिया सम्झौता : एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने

काठमाडौँ — रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

रुस-उत्तर कोरिया सम्झौता : एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने

'जसले कुनै एकविरुद्ध 'आक्रमण' भएको अवस्थामा आपसी सहयोग प्रदान गर्दछ' बीसीसीले रुसी मिडिया रिपोर्टलाई उदृृत गर्दै लेखेको छ ।

उक्त सम्झौताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले रुसले युक्रेनमा गरेको आक्रमणको समर्थन गरेका थिए । किमको यो अडानलाई रुसी राष्ट्रपति पुटिनले प्रसंशा गरेका छन् ।

दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन् । अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन् । यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए ।

प्रकाशित : असार ५, २०८१ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×