कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तातोपानीमा एकल पुरुषलाई वार्षिक भत्ता

डीबी बुढा

जुम्ला — जुम्लाको तातोपानी गाउँपालिकाले एक पुरुषहरूलाई वार्षिक भत्ता उपलब्ध गराउने भएको छ । उनीहरूको जीविकोपार्जनका लागि सहज होस् भनेर एक पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

तातोपानीमा एकल पुरुषलाई वार्षिक भत्ता

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई पनि भत्ता दिने कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर भएका, बेसहारा र कुनै व्यवसाय नभएका एकल पुरुषको जीविकोपार्जनका लागि भत्ता दिन लागिएको अध्यक्ष चौलागाईंले बताए । ५० वर्षदेखि ६० वर्षसम्मका एकल पुरुषलाई ४ हजारका दरले भत्ता दिने नीति तथा कार्यक्रम पारित भइसकेको छ । ‘गाउँबस्तीमा एकल पुरुषहरु पनि अपहेलित हुनु परिरहेको अवस्था छ । उनीहरूका उत्थानका लागि यो वार्षिक भत्ता महत्त्वपूर्ण मानिनेछ,’ अध्यक्ष चौलागाईंले भने । कर्णालीमा यो नयाँ कार्यक्रम भएकोले सबैको चासो यही कार्यक्रममा देखिएको पालिकाले जनाएको छ । पहिलो चरणमा ५० जना एकल पुरुषलाई लक्षित गरेर वार्षिक २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अध्यक्ष चौलागाईंका अनुसार यो कार्यक्रम कार्यकाल नसकिँदासम्म निरन्तर चलिरहनेछ । यो त्यस्तै तातोपानी गाउँपालिकाले एक सयभन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक ५ सय रुपैयाँ गोठाला भत्ता दिने नीति ल्याएको छ । जसका लागि ४ लाख रुपैयाँ बजेट पारित भएको छ ।

तातोपानी भेडाबाख्रा पालनका लागि उपयुक्त क्षेत्र भएकोले भेडापालक किसानको हितमा कार्यक्रम ल्याइएको हो । अन्तरजातीय विवाह गर्ने जोडीलाई २० हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने,स्वास्थ्य संस्थामा बढीभन्दा बढी सुत्केरी गराउन ल्याउने महिला स्वयंसेविकालाई पुरस्कारस्वरूप ५ हजार रुपैयाँ उपलब्धसमेत गराइने भएको छ ।

प्रकाशित : असार १२, २०८१ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×