कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चट्याङले लागेर दाङमा एक जनाको मृत्यु

दाङ — दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं. २ मटेरीया निवासी ३९ वर्षीया भुमिसरा बुढा मगरको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

शुक्रबार बेलुका आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङले लागेर उनको मृत्यु भएको हो । उपचारका लागि लमही अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताइन् ।

प्रकाशित : असार १५, २०८१ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×