कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पोर्चुगललाई टक्कर दिँदै स्लोभेनिया 

एएफपी

फ्र्यांकफर्ट — स्लोभेनियाले युरोको अन्तिम १६ मा सोमबार पोर्चुगलको सामना गर्दा एउटा तथ्य निश्चित भइसकेको छ । यो प्रतियोगितामा टोलीले अहिलेसम्मको सबैभन्दा उत्कृष्ट प्रदर्शन छोइसकेको छ ।

पोर्चुगललाई टक्कर दिँदै स्लोभेनिया 

अझ यो यात्रामा टोलीका प्रमुख फरवार्ड बेन्जामिम सेस्कोले गोल गर्न सकेका छैनन् । फेरि यो स्लोभेनियाका लागि समस्या पनि हो । लाइप्जिगका लागि गत सिजनको पछिल्ला सात खेलमा उनले लगातार गोल गरेका थिए ।

सेस्को छनोटमा आफ्नो टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । त्यसैले स्लोभाकियाको अबको प्रदर्शनमा उनको खेल कस्तो हुनेछ, त्यो धेरै हदसम्म निर्भर हुनेछ । स्लोभेनियाले यसपल्ट युरोमा अहिलेसम्म एकै खेल पनि जितेको छैन । तर, टोलीले एउटै खेल गुमाएको पनि छैन । लिग चरणमा टोलीले इंग्ल्यान्ड, डेनमार्क र सर्बियासँग बराबरी खेलेको थियो ।

स्लोभेनिया यस समूहको तेस्रो स्थानमा थियो, डेनमार्कभन्दा पछाडि । यसको कारण थियो, डेनमार्कभन्दा कमजोर अनुशासनको प्रदर्शन । तेस्रो स्थानमै रहेको हुनाले टोलीले बलियो पोर्चुगलसँग टक्कर लिने अवसर पाएको छ, अनि बाध्यना । समूह चरणमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले चेक गणतन्त्र र टर्कीलाई हराएको थियो । तर, पछि जर्जियाविरुद्धको खेल गुमाउन बाध्य रह्यो ।

एउटा स्वतन्त्र देशका रूपमा स्लोभेनिया दोस्रोपल्ट युरो खेल्दै छ । सन् २००० मा यो देश समूह चरणबाटै बाहिरिएको थियो । पोर्चुगलले भने यसको ठीक विपरीत पाँचपल्ट सेमिफाइनल खेलेको छ । यो उपाधिकै लागि दाबेदार हो । जनसंख्याका आधारमा पोर्चुगल युरोप सानो देश रहेता पनि फुटबलमा स्तरको आधारमा भन्दा यो कुनै ठूलो देशभन्दा कम छैन । पोर्चुगलका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन्, जसले यसपल्ट कुनै गोल गर्न सकेका छैनन् ।

रोनाल्डो ३९ वर्षका भइसके । उनले आफ्नो खेलजीवनको अन्तिम युरो खेलिरहेका छन् । सन् २००४ मा किशोर रोनाल्डोले पहिलो पटक युरो खेल्दा स्लोभेनियाका सेस्को भने भर्खर एक वर्षका थिए । यी दुवै खेलाडी यस खेलमा गोल गर्न प्रयासरत रहनेछन् । उनीहरूको प्रदर्शनले धेरै हदसम्म खेलको निर्णय हुन सक्नेछ ।

प्रकाशित : असार १७, २०८१ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×