२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४७

बीबीए कप फुटबल बिहीबारदेखि

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय बीबीए कप फुटबल प्रतियोगिताको १६ औं संस्करण असार २० देखि हुने भएको छ । उद्घाटन खेलमा साबिक विजेता तथा आयोजक शंकरदेव क्याम्पसले केसीएमआईटी कलेजविरुद्ध खेल्नेछ ।

बीबीए कप फुटबल बिहीबारदेखि

आयोजक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू), शंकरदेव क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । चन्द एण्ड ब्रदर्स प्रालिको व्यवस्थापनमा हुने प्रतियोगिता सानो गौचरण खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी २६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । हरेक खेलका म्यान अफ द म्याचलाई ट्रफी प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले विशेष पुरस्कार पाउनेछन् ।

महेन्द्र बहुमुखी क्याम्पस धरानले आयोजना गरेको १५ औं संस्करणमा शंकरदेवले फाइनलमा काठमाडौंकै एनसीसीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । उपाधि जितेकाले शंकरदेवले आयोजना जिम्मेवारी पाएको हो ।

शंकरदेव स्ववियु सभापति सुशान्त बस्नेत, क्याम्पस विद्यार्थी कल्याणकारी कोषका अध्यक्ष जोगिन्दर गोइत, एन्फाका सदस्य रवीन्द्र चन्दले मन्तव्य राखेका थिए ।

प्रतियोगिता सुरु १८ वर्षअगाडि शंकरदेव क्याम्पसकै पहलमा सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई प्राविधिक सहयोग गर्दै आएको छ ।


प्रकाशित : असार १८, २०८१ २२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×