कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

एभरेष्ट अस्पतालमा सेवा विस्तार

काठमाडौँ — काठमाडौंको बानेश्वरमा रहेको एभरेष्ट अस्पताल प्रालिले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरेर शनिबारदेखि सेवा विस्तार गरिने जानकारी दिएको हो ।

एभरेष्ट अस्पतालमा सेवा विस्तार

अस्पतालका अनुसार शनिबारबाट ब्लड बैंक स्थापना तथा सेवा, हेमोडायलिसिस स्थापना तथा सेवा, दन्त विभाग स्थापना तथा सेवा, नेत्र विभाग स्थापना तथा सेवा, एनआईसीयू विभाग स्थापना तथा सेवा प्रारम्भ हुनेछन् ।

तीन दशकदेखि सञ्चालनमा रहेको एभरेष्ट अस्पतालले सेवा थप गरेको दिन रक्तदान र नि:शुल्क स्वास्थ्य शिविरसमेत राखेको जनाएको छ । जसअनुसार अस्पतालले ५०० युनिट रगत संकलन गर्ने लक्ष्यसहित बृहत् रक्तदान कार्यक्रम, नि:शुल्क मिर्गौला जाँच शिविर, सुगर, युरिया, क्रियाटिनिन जाँच, दन्त स्वास्थ्य शिविर, आँखा परीक्षण शिविरलगायत छन् ।

१ सय ५० जनालाई नि:शुल्क सेनेटरी प्याड वितरण र १ सय ५० जनालाई सय रुपैयाँमा अल्ट्रासाउन्ड सेवा प्रदान गरिनेछ । आँखा स्वास्थ्य शिविरमा २ सय वटा चश्मा नि:शुल्क वितरण, पहिले नाम दर्ता गराउने १० जना बिरामीलाई नि:शुल्क डायलसिस सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।

कार्यक्रम तथा स्वास्थ्य शिविर बिहान १० बजेदेखि हस्पिटल परिसरमा हुने छ । समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्दै जनचेतना फैलाउन कार्यक्रम आयोजना गरेको एभरेष्ट अस्पतालले जनाएको छ ।

प्रकाशित : असार २०, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×