कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पर्यटक बोलाउन नेपाली व्यवसायी बंगलादेश उडे

काठमाडौँ — गर्मीयाममा नेपाल भ्रमण रुचाउने बंगलादेशी पर्यटकको संख्या वृद्धि गर्न भन्दै नेपालका पर्यटन व्यवासायीहरुको टोली ढाकातर्फ लागेको छ ।

पर्यटक बोलाउन नेपाली व्यवसायी बंगलादेश उडे

होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेतृत्वमा २१ सदस्यीय होटल व्यवसायी लगायतको टोली बिहीबार त्यसतर्फ लागेको हो । होटल संघ नेपालले बंगलादेशस्थित नेपाली दूतावाससँगको सहकार्यमा चार दिन त्यहाँ नेपालको प्रवर्द्धनात्मक कार्यक्रम गर्ने जनाएको छ ।

हानका महासचिव साजन शाक्यका अनुसार, बंगलादेशको ढाकामा तय गरिएको कार्यक्रममा बंगलादेशका छुट्टाछुट्टै सहरका प्रतिष्ठित पर्यटन व्यवसायी, टूर अपरेटर तथा बंगलादेशी सरकारी विशिष्ट अधिकारीहरुसँग पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम गरिने छ ।

बंगलादेशमा आयोजना हुन लागेको यस कार्यक्रमले उक्त मुलुक र त्यस क्षेत्रबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या वृद्धि गर्ने संघले दाबी गरेको छ । यस अवसरमा होटल संघ नेपाल र बंगलादेश इन्टरनेसनल होटल एसोसिएसनसँग दुई देशबीच पर्यटन प्रवर्द्धन, तालिम तथा होटल क्षेत्रमा भएका अभ्यासहरुको आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

प्रकाशित : असार २०, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×