कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

ग्लोबल, भूमि र डेभलपर्सबीच हरित आवास कर्जा समझदारी

काठमाडौँ — ग्लोबल आईएमई बैंक, भूमि डेभलपर्स र प्यासिफिक डेभलपर्सबीच हरित आवास कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सका सञ्चालक बैंकटेस मुन्दराले हस्ताक्षर गरे ।

ग्लोबल, भूमि र डेभलपर्सबीच हरित आवास कर्जा समझदारी

सम्झौताअनुसार बैंकले भूमि डेभलपर्स र प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरणमैत्री आवासीय घर खरिदकर्तालाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले भूमि र प्यासिफिक डेभलपर्सले बिक्री गर्ने वातावरणमैत्री आवासीय घर खरिद गर्न सहज कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८.९९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने बताएको छ ।

प्रकाशित : असार २१, २०८१ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×