कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

वर्षा र बाढीबाट प्रभावितलाई सम्पर्कमा आउन ललितपुर महानगरपालिकाको आग्रह

ललितपुर — ललितपुर महानगरपालिकाले शुक्रबारदेखिको अविरल वर्षाका कारण प्रभावित भएकाहरुलाई महानगरको सम्पर्कमा आउन आग्रह गरेको छ । आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले वर्षाका कारण बासस्थान प्रभावित भएका नगरबासीलाई महानगरको सम्पर्कमा आउन अपिल गरेका हुन् ।

वर्षा र बाढीबाट प्रभावितलाई सम्पर्कमा आउन ललितपुर महानगरपालिकाको आग्रह

महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशभर भएको अविरल वर्षाबाट ललितपुर महानगरपालिका पनि प्रभावित भएको छ, यो वर्षाबाट बासस्थानमा क्षति पुगेको छ, र वर्षाबाट परिवारमा रहनु भएका ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी/ गर्भवती महिला र अपाङ्गता भएकाहरु प्रभावित हुनु भएको भए सम्बन्धित वडा र महानगरको हटलाइन नम्बर ११३१ मा आफ्नो यकिन विवरण टिपाउन हुन अनुरोध गर्दछु ।’

मेयर महर्जनले ‘एलएमसी एप्स’ बाट समेत वर्षाका कारण प्रभावित भएको सूचना पठाउन सकिने बताउँदै त्यसका लागि एप्सको प्रयोग गर्न आग्रह गरेका छन् ।

ललितपुर महानगर महानगरबासीको नजिकको सरकार भएको उल्लेख गर्दै नगरबासीले भोग्ने अप्ठ्यारोमा स्थानीय सरकारको प्रमुखको हैसियतले आफू सधैंसँगै रहने बताएका छन् । नगर प्रमुख महर्जनले विज्ञप्तिमा भनेका छन्,‘आइपर्ने अप्ठ्यारो परिस्थितिको सामना गर्ने शक्ति र धैर्य गर्ने साहस बटुल्न अनुरोध समेत गर्दछु ।’

निरन्तर वर्षाका कारण परेको विपद्को सामना गर्न छिमेकी पालिकाहरुलाई सहयोगको आवश्यकता परे महानगर सहयोग गर्न तयार रहेको समेत उनले बताएका छन् ।

प्रकाशित : असार २३, २०८१ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×