२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१
युरो २०२४

पोल्यान्ड चाहन्छ चोटमुक्त लेवान्डोस्की

असार ७, २०८१

समूह ‘डी’ को अर्को खेलमा पोल्यान्डले अस्ट्रियाको सामना गर्नेछ । यसमा पोलिस टिमको एउटै कामना हुनेछ, कीर्तिमानी गोलकर्ता रोबर्ट लेवान्डोस्की चोटमुक्त भएर मैदानमा फर्कोस् ।...

सर्बियाविरुद्ध आत्मविश्वासी स्लोभानिया

स्लोभानिया युरो २०२४ मा बिहीबार सर्बियाविरुद्धको खेल अगाडि आत्मविश्वासी रहनेछ । किनभने टोलीले आफ्नो पहिलो खेलमा एक अंक बटुलेको थियो ।

छवि कायम राख्न इंग्ल्यान्डलाई धौधौ

इंग्ल्यान्ड युरोमा उपाधिको बलियो प्रत्याशी टोली हो । तर, समूह ‘सी’ को खेलमा इंग्ल्यान्डले सर्बियालाई १–० ले हराउँदा त्यो छवि केही धुमिलिएको छ ।

इटाली र स्पेनबीच प्रतिद्वन्द्विता नवीकरण

इटाली र स्पेन युरो समूह ‘बी’ को खेलमा भिड्दा त्यो युरोपका दुई ठूला फुटबल शक्तिबीचको भिडन्त हुनेछ । यस क्रममा युरोपमा यी दुई देशबीच चलिआएको लामो र कडा प्रतिद्वन्द्विताको नवीकरण हुनेछ । इटाली र स्पेनबीच युरोमा नियमित भेट भइरहेको छ ।

पोर्चुगिज प्रशिक्षक मार्टिनेज खुसी

पोर्चुगाली प्रशिक्षक रोबर्टो मार्टिनेजले युरोको आफ्नो पहिलो खेलमा टिमको प्रदर्शनको प्रशंसा गरेका छन् । उनले आफ्नो टिमले अनुशासित खेल प्रदर्शन गरेको र एक गोलले पछाडि रहेको स्थितिमा नआत्तिएको दाबी गरे ।

बराबरीले क्रोएसियालाई गाह्रो

अल्बानियाले युरोमा बुधबार क्रोएसियालाई २–२ को रोमाञ्चक बराबरीमा रोकेको छ । यससँगै क्रोएसियालाई समूह चरणबाटै बाहिरिने डर भएको छ । अल्बानियाका लागि क्लाउस जासुलाले दुई गोल गरे, दुवै फरक छेउतर्फ । त्यसमध्ये पहिलो गोल आत्मघाती रह्यो भने अर्को गोलले खेल बराबरीमा टुंग्याएको थियो । 

युरो-२०२४ : जर्मनी अन्तिम १६ पुग्ने पहिलो टिम

आयोजक जर्मनी युरो-२०२४ को अन्तिम १६ पुग्ने पहिलो टिम भएको छ । समूह ए को खेलमा जर्मनीले बुधबार हंगेरीलाई २–० ले पराजित गर्‍यो । यसै समूहको अर्को खेलमा स्कटल्यान्डले स्विजरल्यान्डलाई १–१ को बराबरीमा रोकेपछि जर्मनी अर्को चरण पुग्ने निश्चित भएको हो ।

युरो २०२४ : अल्बानिया र क्रोएसियाको सनसनीपूर्ण बराबरी

युरो-२०२४ को अहिलेसम्मकै सर्वाधिक सनसनीपूर्ण र रोमाञ्चक खेलमा अल्बानिया र क्रोएसियाले बुधबार २–२ को बराबरी खेलेका छन् ।

क्रोएसिया : विश्वकपमा अब्बल, युरोमा फितलो प्रदर्शन

युरोमा समूह ‘बी’ का ठूला टिमविरुद्ध बेहोरेको हारपछि क्रोएसिया र अल्बानिया दुवैको स्थिति समान छ । दुवै घाइतेजस्तै छन् । यस स्थितिमा दुवै टिमले यस समूहमा आफ्नो अस्तित्व कायम राख्ने हो भने आफू अनुकूल नतिजा निकाल्न आवश्यक हुनेछ ।

स्विट्जरल्यान्डविरुद्ध जितको खोजीमा स्कटल्यान्ड

 दसौं हजार समर्थक स्टकल्यान्डको खेल हेर्न अहिले जर्मनीमा छन् । तिनीहरूको एउटै अपेक्षा हो, कम्तीमा स्विट्जरल्यान्डविरुद्ध समूह ‘ए’ को खेलमा आफ्नो टिमले सुधारिएको प्रदर्शन गरोस् ।

हंगेरीको हातमा जर्मनीको परीक्षा

युरो २०२४ मा आयोजक कति बलियो छ त्यसको परीक्षा हुनेछ हंगेरीको हातबाट । युवा र अनुभवी खेलाडीको मिश्रणमा जर्मनी के उपाधिको बलियो दाबेदार रहनेछ त ? समूह ‘ए’ मा जर्मनीको दोस्रो खेलले सम्भवतः उत्तर दिनेछ । हंगेरी आफैं भने निरास छ ।

ठूला र साना टिमबीचको दूरी छोटिँदै

स्लोभाकियाले बेल्जियममाथि निकालेको १–० को जित युरोको पहिलो स्तब्धपूर्ण नतिजा रह्यो । सोमबारको यो खेलपछि स्लोभाकियाली प्रशिक्षक फ्रान्सिस्को काल्जोना मान्छन्, अब ठूला र साना टिमबीचको दूरी छोटिँदै छ । समूह ‘ई’ को खेलमा स्लोभाकियाले सुरुमै एक गोल गर्‍यो ।

फ्रान्सलाई एमबाप्पेको चोटमा चिन्ता

 फ्रान्सले यसपालि युरोको आफ्नो पहिलो खेलमा अस्ट्रियामाथि १–० को साँघुरो जित त निकाल्यो, तर टिमलाई कप्तान तथा प्रमुख खेलाडी केलियन एमबाप्पेको चोटमा गहिरो चिन्ता पनि रहनेछ । समूह ‘डी’ को खेलको एकमात्र गोल पनि आत्मघाती रह्यो, म्याक वुबरको नाममा । 

टर्कीको सुखद् सुरुआत

टर्कीले युरोको आफ्नो पहिलो खेलमा मंगलबार नवआगन्तुक जर्जियालाई ३–१ ले पराजित गरेको छ । सन् २०२० को संस्करणमा ‘डार्क हर्स’ मानिएको टर्की लिग चरणका सबै तीनै खेलमा पराजित भएर घर फर्केको थियो । यसपालि भने टर्कीले सुखद सुरुआत लिएको हो ।

युरो-२०२४ : चेक गणतन्त्रविरुद्ध पोर्चुगलको पुनरागमन जित

फ्रान्सिस्को कोसेसोले खेलको अन्त्यतिर गरेको निर्णायक गोलमा पोर्चुगलले बुधबार चेक गणतन्त्रमाथि २–१ को पुनरागमन जित रचेको छ । रोबर्टो मार्टिनेजको पोर्चुगल उपाधिका लागि बलियो दाबेदार रहेको छ । तर चेकविरुद्ध भने पोर्चुगलले जितका लागि अन्त्यसम्म प्रतीक्षा गर्नु परेको थियो ।

अस्ट्रियामाथि फ्रान्सको साँघुरो जित

फ्रान्सेले युरो २०२४ मा मंगलबार विजयी सुरुआत लिएको छ, तर यो अस्ट्रियामाथिको साँघुरो १–० को जित मात्रै रह्यो । फ्रान्सलाई के पनि डर रहनेछ भने कप्तान केयलिन एमबापेलाई नाकमा लागेको चोट गहिरो नहोस् । खेलको अन्त्यतिर उनलाई नाकमा चोट लागेको थियो र त्यसबाट रगत बगेको थियो ।

एरिक्सनको पुनरागमन

क्रिस्टियन एरिक्सनले गरेको अद्वितीय पुनरागमनमा डेनमार्कले युरोमा सोमबार स्लोभानियालाई १–१ को बराबरीमा रोकेको छ । म्यानचेस्टर युनाइटेडका एरिक्सनले खेलको १७ औं मिनेटमा गोलको खाता खोलेर डेनमार्कलाई अग्रता दिलाए ।

नवआगन्तुक जर्जियाको भेट टर्कीसँग

टर्कीले युरोको आफ्नो पहिलो खेलमा मंगलबार जर्जियाको सामना गर्दै छ । टर्कीलाई के राम्रोसँग थाहा छ भने प्रतियोगितामै नवआगन्तुक जर्जियाविरुद्ध जित निकाल्न सक्ने हो भने अपेक्षाकृत केही सजिलो समूहबाट नकआउट चरण पुग्ने आधार तयार पार्न सकिनेछ । 

गोलका भोका रोनाल्डो र सिक आमनेसामने

पछिल्लो युरोमा सबैभन्दा बढी ५ गोल गर्ने खेलाडी थिए क्रिस्टियानो रोनाल्डोसँगै प्याट्रिक सेक । युरो २०२४ को समूह ‘एफ’ को खेलमा मंगलबार फेरि यिनै दुई खेलाडीको भेट हुनेछ, जतिबेला पोर्चुगलले चेक गणतन्त्रको सामना गर्नेछ ।