कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

स्विट्जरल्यान्डविरुद्ध जितको खोजीमा स्कटल्यान्ड

काठमाडौँ —  दसौं हजार समर्थक स्टकल्यान्डको खेल हेर्न अहिले जर्मनीमा छन् । तिनीहरूको एउटै अपेक्षा हो, कम्तीमा स्विट्जरल्यान्डविरुद्ध समूह ‘ए’ को खेलमा आफ्नो टिमले सुधारिएको प्रदर्शन गरोस् ।

स्विट्जरल्यान्डविरुद्ध जितको खोजीमा स्कटल्यान्ड

स्टिभ क्लार्कको टिम आफ्नो पहिलो खेलमा जर्मनीसँग निराशाजनक रूपमा ५–१ ले पराजित भएको थियो । त्यस खेलमा उत्तिकै हजारौं संख्यामा समर्थक आएका थिए, तर खेलपछि तिनीहरूसामु निरास हुनेबाहेक अर्को विकल्प थिएन ।

स्विट्जरल्यान्डले भने आफ्नो आलोचकको मुख बन्द गर्दै हंगेरीविरुद्ध प्रभावशाली ३–१ को जित निकालेको छ । स्कटल्यान्डविरुद्ध पनि टोलीले यस्तै प्रदर्शन दोहोर्‍याउन सक्ने हो भने अन्तिम १६ को सम्भावना साकार हुने देखिन्छ ।

स्कटल्यान्डको फुटबल इतिहासको एउटा असाध्यै अध्यारो पक्ष के छ भने यसले खेलेको अहिलेसम्मका ११ ठूला प्रतियोगितामा यो टिम कहिले पनि नकआउट चरण पुग्न सकेको छैन । त्यसैले यसपल्ट फरक गर्ने स्कटिस धोको पहिला स्विट्जरल्यान्ड र त्यसपछि हंगेरीविरुद्धको खेलमै टिकेको छ ।

प्रकाशित : असार ५, २०८१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×