कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

युरो-२०२४ : चेक गणतन्त्रविरुद्ध पोर्चुगलको पुनरागमन जित

काठमाडौँ — फ्रान्सिस्को कोसेसोले खेलको अन्त्यतिर गरेको निर्णायक गोलमा पोर्चुगलले बुधबार चेक गणतन्त्रमाथि २–१ को पुनरागमन जित रचेको छ । रोबर्टो मार्टिनेजको पोर्चुगल उपाधिका लागि बलियो दाबेदार रहेको छ । तर चेकविरुद्ध भने पोर्चुगलले जितका लागि अन्त्यसम्म प्रतीक्षा गर्नु परेको थियो ।

युरो-२०२४ : चेक गणतन्त्रविरुद्ध पोर्चुगलको पुनरागमन जित

दोस्रो हाफमा चेक टिमले अधिकांश समय रक्षात्मक खेलेको थियो । तर इन्ज्युरी समयको दोस्रो मिनेटमा चेकले कोसेसोलाई गोल गर्नबाट रोक्न सकेन । चेक टिमले ६२ औं मिनेटमा लुकास प्रोभोडको गोलमा अग्रता लिएको थियो । यो खुसी लामो समय भने टिकेन र ६९ औं मिनेटमा रोबिन ह्रानाकले आत्मघाती गोल गरे ।

पोर्चुगलका लागि डिएगो जोटाले गरेको एक गोलले भने मान्यता पाएन् र त्यसमा अफसाइडको निर्णय सुनाइएको थियो । यसै खेलबाट पोर्चुगाली कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौं युरो खेले । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको पोर्चुगल सन् २०१६ को च्याम्पियन पनि हो ।

प्रकाशित : असार ५, २०८१ ०६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×