कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

इनड्राइभ १ अर्ब मानिससम्म पुग्नेछ : नतालिया

काठमाडौँ — राइड हेलिङ कम्पनी इनड्राइभले सन् २०३० भित्र विश्वका १ अर्ब मानिससम्म आफ्नो सेवा पुर्‍याउने घोषणा गरेको छ । बुधबार काठमाडौंमा उपस्थित एसिया–प्यासिफिक क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया मकरेन्कोले १ अर्ब मानिसको जीवनमा इनड्राइभले कुनै न कुनै रूपले प्रभाव पार्ने जानकारी गराइएकी हुन्।

इनड्राइभ १ अर्ब मानिससम्म पुग्नेछ : नतालिया

राइड हेलिङमा सीमित नरहेर सूचना प्रविधिमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने नतालियाको भनाइ थियो । ‘हामी राइड हेलिङ कम्पनीका रूपमा मात्रै आफूलाई सिमित राख्न चाहँदैनौं, मोबिलिटीका अन्य माध्यमबाट पनि आममानिसको जीवनमा सकारात्मक प्रभाव पुर्‍याउन चाहन्छौं,’ उनले भनिन्, ‘आईटी स्टार्टअप, शिक्षा, खेलकुद, क्रिएटिभ इन्डस्ट्रीलाई पनि प्रोत्साहन गर्दै सन् २०३० सम्ममा १ अर्ब मानिससम्म पुग्ने लक्ष्य छ ।’

इनड्राइभले बालबालिकाका लागि ‘बिगिन आईटी’, सिर्जनात्मक क्षेत्रका लागि ‘अल्टरनेटिभ फिल्म अवार्डस’, स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि ‘योर पेस’ जस्ता कार्यक्रम अघि बढाइरहेको नतालियाले जानकारी दिइन् । यीमध्ये कतिपय कार्यक्रम नेपालमा पनि सुरु गरिएको उनले बताइन् । कुरियर, इन्टरसिटि राइडजस्ता सेवा पनि इनड्राइभले प्रदान गर्दै आएको उनको भनाइ छ ।

सन् २०२१ मा इनड्राइभले नेपालमा सेवा सुरु गरेयता वार्षिक २ सय प्रतिशतले व्यवसाय वृद्धि भइरहेको पनि नतालियाले जानकारी दिइन् । कम्पनीका लागि नेपाल महत्त्वपूर्ण बजार भएको एसिया–प्यासिफिक क्षेत्रका लागि कम्पनीकी सञ्चार प्रमुख पवित नन्दा आनन्दले बताइन् । सन् २०२४ को पछिल्लो ६ महिनामा नेपालमा ४६ प्रतिशतले राइड सेवाको व्यवसाय वृद्धि भइरहेको कार्यक्रममा जानकारी दिइयो ।

प्रकाशित : असार १२, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×