कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'बादल-वर्षा-बिजुली, साउनको पानी : ढिलासुस्ती, मेरो सरकारको बानी !'

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — कांग्रेस सांसद प्रदीप पौडेलको नेतृत्वमा शनिबार चक्रपथअन्तर्गतको कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि दबाब यात्रा गरिएको छ। सडक विस्तार तुरून्त अघि बढाउनुपर्ने मागसहित आज बिहान उनको पहलमा सामूहिक दबाब यात्रा गरिएको हो ।

दबाब यात्रा बिहान ७.३० बजेदेखि कलंकीबाट सुरु भएको थियो । दबाब यात्रामा सहभागी कंलकी–स्वयम्भू–ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै धोबीखोला पुगेका थिए । यात्रामा सहभागीहरूले 'सास फेर्न गाह्रो भयो सरकार', 'बादल-वर्षा-बिजुली-साउनको पानी : ढिलासुस्ती, मेरो सरकारको बानी !', 'धूलो-धुँवा र हिलो कहिलेसम्म' लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यसअघि सांसद पौडेलले जेठ २९ गते संसद्‍मा चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेको भन्दै प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्तावको समर्थनमा काठमाडौंबाट प्रतिनिधित्व गर्ने पौडेलसहित १० सांसद रहेका छन् ।

प्रकाशित : असार १५, २०८१ ११:११
प्रतिक्रिया
पठाउनुहोस्