कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

पाठक पत्र

छपाइमा ढिलो हुने थाहा हुँदाहुँदै के अनिवार्यको नाटक गर्छौ, भौतिक कार्ड दिन सकिँदैन भने नागरिक एपमा एकीकृत गर ।
– राजेन्द्र वज्राचार्य

यो राष्ट्रिय परिचयपत्र ७० वर्षभन्दा माथिकालाई लागू नगरे हुने । बुढाबुढीलाई हिँडाउन गाह्रो हुन्छ । सरकार कि घरमा सुविधा दिनुपर्‍यो ।
– रुद्र खत्री

आवेदन दिएको तीन वर्ष पूरा भइसक्यो, अझैसम्म न नम्बर न कार्ड ।
– खेम पछाईं

नागरिकता हुँदाहुँदै यो राष्ट्रिय परिचयपत्र खासमा केका लागि होला ? एउटा लाइसेन्स त ३/४ वर्षसम्म दिन नसक्ने निकम्मा सरकारले कसको स्वार्थमा यो अनिवार्य गरेको होला !
– सुनील पौडेल

जबसम्म सहज रूपमा वडामै राष्ट्रिय परिचयपत्र प्राप्त हुँदैन, तबसम्म अनिवार्य गर्नु हुँदैन ।
– धनञ्जय मिश्र

नेपाली नागरिक हुनका लागि कतिवटा परिचयपत्र आवश्यक पर्छ ?
– नारायण थापा

प्रकाशित : असार १७, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×