कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

नयाँ भर्सनमा ‘कलेजी कटाउन्या माया’

काठमाडौँ —  एक दशकअघिको चर्चित गीत ‘कलेजी कटाउन्या माया’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । उक्त गीत करिब दस वर्षअघि गायक तथा संगीतकार महेशकुमार औजीले बजारमा ल्याएका थिए । खासगरी, सुदूरपश्चिम र कर्णालीमा निकै चर्चामा आएको गीत नयाँ स्वरूपमा बजारमा ल्याइएको हो ।

नयाँ भर्सनमा ‘कलेजी कटाउन्या माया’

नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक नयाँ गीतमा भने गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन् । महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागको एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन् । ढोरपाटनमा खिचिएको भिडियोमा उनीहरूको प्रेम–बिछोडको कथा देखाइएको छ । शान थापाको निर्देशनमा तयार भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन् ।

प्रकाशित : असार १९, २०८१ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×