म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।
प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा एक अर्ब लगानीमा १८ तले भ्यु टावर निर्माणाधीन छ । यहाँ ७ तलाको सपिङ कम्प्लेक्स पनि बन्दै छ । ४० करोड लागतमा सपिङ कम्प्लेक्स बनाउने क्रममा वर्षौंदेखि बसिरहेका दर्जनभन्दा बढी सुकुम्बासी परिवारको भने बिचल्ली भएको छ ।
गत माघ १९ को सैन्य ‘कु’ पछि म्यान्मार (बर्मा) मा लोकतन्त्र पक्षधर आन्दोलित छन् । दिनहुँ सरकारविरोधी प्रदर्शन भइरहेको छ । सैन्य दमन पनि तीव्र छ । सञ्चारमाध्यमका अनुसार यसबीचमा ४ सयभन्दा बढी आन्दोलनकारी मारिएका छन् ।
आगामी मार्च २७ देखि सुरु हुने पश्चिम बंगाल विधानसभा निर्वाचनका लागि भारतीय जनता पार्टीले तीन जना नेपालीभाषीलाई उम्मेदवार बनाएको छ । भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले मंगलबार बिहान प्रेस विज्ञप्तिमार्फत उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।
४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी)लाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकातास्थित उच्च अदालतले पश्चिम बंगाल सरकारका नाममा सोमबार आदेश गरेको छ ।
करिब १२ वर्षदेखि नेपाली चिया निर्यात गर्दै आएको झापाको ‘नेचर हिमालय चिया उद्योग’ ले इलाममा अर्को उद्योग स्थापना गर्दै छ । विश्वव्यापी कोरोना भाइरसले धेरै सामग्रीको कारोबारमा गिरावट ल्याइरहँदा चिया निर्यातमा भने कुनै असर परेन । अर्कोतिर रुससहित विश्वबजारमा चियाको माग निकै बढ्न थालेपछि चारदेखि पाँच वटासम्म उद्योग स्थापना गर्ने तयारी रहेको उक्त उद्योगका सञ्चालक बद्री केसीले बताए ।