नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअध...
सन् १९४४ मा आजकै दिन (नोभेम्बर ७) मा अमेरिकी राष्ट्रपति फ्रांकलिन डिलानो रुजवेल्ट चौथो कार्यकालका लागि निर्वाचित भएका थिए । डेमोक्रेटिक पार्टीका रुजवेल्टले रिपब्लिकनका थोमस एडमन्ड डेवीलाई पराजित गरेका थिए ।
सन् १८६० मा आजकै दिन (नोभेम्बर ६) मा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । लिंकन रिपब्लिकन पार्टीबाट १६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । १८६१ को मार्च ४ देखि जिम्मेवारी सम्हालेका लिंकन १८६५ अप्रिल १५ मा मृत्यु हुनुअघिसम्म अमेरिकाको राष्ट्रपति थिए ।
ट्वान्टी–२० विश्वकप छनोटका लागि भएका खेलमा कुशल भुर्तेलको प्रदर्शन उत्कृष्ट रह्यो । गत शुक्रबार यूएईसँग भएको खेलमा उनले दुई चौकासहित ११ रन हानेपछि ब्याट दुई टुक्रा भएर आउट भए । त्यसअघिका सबै खेलमा निकै राम्रो प्रदर्शन गरेका भुर्तेलले भने पाँच खेलमध्ये ब्याट भाँचिएको खेल अविस्मरणीय भएको बताए । ‘किनेको चार महिना मात्रै भएको ब्याट थियो । भाँचिएला भन्ने लागेकै थिएन, कस्तो कस्तो लाग्यो,’ उनले भने ।
२०५० को दशकमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो । त्यही बेला राजेश घतानी झापाको सानो सहर सुरुंगामा लुकिछिपी नाटक गर्थे । खासमा उनको कलाकारिता यात्रा नाटकबाट सुरु भएको हो । माओवादी गाउँबाट सहर पस्दै गर्दा राजेश जस्ता जोसिला युवा माओवादी आन्दोलनमा जोडिँदै थिए । उनी पनि माओवादीसँग नजिकिए, कला/संगीत फाँटमा ।
पश्चिम नेपालका पहाडी जिल्लामा घुमन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे जातिबारे बेला–बेलामा विभिन्न कुरा बाहिर आउँछन् । उनीहरूको भाषा, कला, संस्कृति, वेशभूषा र जीवनशैलीबारे पनि थोरबहुत सुन्न, हेर्न र पढ्न पाइन्छ ।
सन् १९५७ मा आजकै दिन (नोभेम्बर ३) मा पहिलोपटक कुनै पनि जीव अन्तरिक्षमा पुगेको थियो । सोभियत संघले प्रक्षेपण गरेको ‘स्पुतनिक–२’ यानमार्फत ‘लाइका’ नामक कुकुर अन्तरिक्षमा पुगेको हो । पुनः पृथ्वीमा फर्काउने कुनै योजना नरहेको उक्त कुकुर पुथ्वीको कक्षमा केही घण्टासम्म मात्र बाँचेको थियो ।
तिलोत्तमा–११ की मञ्जु गुरुङलाई सानैदेखि आत्मनिर्भर बन्ने हुटहुटी थियो । कक्षा ८ पढ्दै थिइन् । सिलाइकटाइ तथा गुडिया बनाउने तालिम लिइन् । यही सीपले अहिले उनलाई रूपन्देहीमा सफल उद्यमी बनाएको छ । तालिममा सहभागी भएपछि लुगा सिलाउने हाते मेसिन सहयोग पाएकी थिइन् ।
बलिउड अभिनेत्री आलिया भाटले सर्वोत्कृष्ट अभिनेत्री विधातर्फ भारतको नेसनल फिल्म अवार्ड पाएकी छन् । वेश्यालय सञ्चालकको कथामा आधारित गंगुबाई काठियावाडी चलचित्रको मुख्य भूमिकाका लागि आलियालाई पुरस्कृत गरिएको हो ।
पुराना प्रशिक्षक अब्दुल्ला अल्मुताइरी मनीष डाँगीलाई आफ्नै खेलाडी मान्थे र भन्थे, ‘यो हो नि खेलाडी भनेको ।’ मनीषलाई नेपालको मूल धारको फुटबलमा ल्याउने श्रेय तिनै कुवेती प्रशिक्षकलाई जान्छ । अल्मुताइरीका साँच्चैका प्रिय खेलाडी हुन्, उनी ।
६९ वर्षअघि आजकै दिन (सन् १९५४ अक्टोबर १९ मा) अस्ट्रियन नागरिक हबर्ट टिची, सेप जोचल्र र नेपाली पर्वतारोही पासाङ दावा लामाले चोयु हिमालको पहिलो सफल आरोहण गरेका थिए ।
भारतीय राज्य पश्चिम बंगाल डुवर्सको चिलाउनेबारी चिया बगाननजिकै जन्मेहुर्केका हुन्, पुष्पण प्रधान । खासमा उनको सांगीतिक यात्रा चिया बगानबाटै सुरु भएको हो भन्दा हुन्छ । उनले सानै उमेरदेखि चिया श्रमिकका दुःख नजिकबाट नियाल्ने मौका पाए । चिया श्रमिकमाथि राज्यले गर्ने दुर्व्यवहार, ज्यालामाथिको विभेद अनि समयमा बेतन नपाउने समस्याबारे उनी भुक्तभोगी जस्तै नै हुन् ।
सन् २००७ मा आजकै दिन (अक्टोबर १८) मा पाकिस्तानी पूर्वप्रधानमन्त्री बेनजिर भुट्टो स्वदेश फर्किएकी थिइन् । भुट्टो आठ वर्ष लामो स्वैच्छिक अवकाशपछि देश फर्किएकी थिइन् ।
कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ को सुरु गरेको छ । प्लेटफर्ममार्फत इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’ मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।
चितवनका कवि मणि काफ्लेको कविता तथा गीत संग्रह ‘मुक्त चेतना’ सार्वजनिक भएको छ । त्रिवेणी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित संग्रहमा पद्य, गद्य र गीति कविता गरी जम्मा ६८ सिर्जना छन् ।
दिल्लीस्थित गुडगाँव सहरको फंकी मंकी भारतमा सबैभन्दा पहिलो व्यावसायिक ट्याटु स्टुडियो मानिन्छ । त्यही स्टुडियोका वरिष्ठ ट्याटु कलाकार हुन् राजु पाण्डे । पछिल्लो समय त राजुलाई ट्याटु खोप्न भ्याइनभ्याई छ । एक त पुरानो स्टुडियो त्यसमाथि पाण्डेको निखारिएको कला । स्टुडियामा उनैलाई खोज्ने ग्राहकको चाप निकै देखिन्छ ।
सन् १९७९ मा आजकै दिन (अक्टोबर १७) मा मदर टेरेसालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । मानव सेवामा समर्पित भएका कारण उनलाई पुरस्कार प्रदान गरिएको थियो ।