सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/lincoln-1442024033607-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
रंगकर्मी जन विक्स बेथले लिंकनलाई गोली हानेका थिए । गोली लागेको भोलिपल्ट ५६ वर्षको उमेरमा लिंकनको निधन भएको थियो । गोली प्रहार गर्ने बेथ आफैं रंगकर्मी थिए । अमेरिकाका १६ औं राष्ट्रपति लिंकनकै कार्यकाल सन् १८६३ मा अमेरिकामा दास प्रथा अन्त्य भएको थियो । लिंकनले अमेरिकाको संविधानको १३ औं संशोधनमार्फत दास प्रथाको अन्त्य गराएका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)
प्रतिक्रिया