सन् १८६५ मा आजकै दिन : लिंकनमाथि गोली प्रहार

वैशाख २, २०८१

कान्तिपुर संवाददाता

On this day in 1865: Lincoln was shot

काठमाडौँ — आजकै दिन (१४ अप्रिल) सन् १८६५ मा अमेरिकी राष्ट्रपति अब्राहम लिंकनमाथि गोली प्रहार भएको थियो । अमेरिकी गृहयुद्ध अन्त्य भएलगत्तै वासिङ्टन डीसीको फोर्ड्स थिएटरमा नाटक हेरिरहेका बेला लिंकनमाथि गोली प्रहार भएको हो । 

रंगकर्मी जन विक्स बेथले लिंकनलाई गोली हानेका थिए । गोली लागेको भोलिपल्ट ५६ वर्षको उमेरमा लिंकनको निधन भएको थियो । गोली प्रहार गर्ने बेथ आफैं रंगकर्मी थिए । अमेरिकाका १६ औं राष्ट्रपति लिंकनकै कार्यकाल सन् १८६३ मा अमेरिकामा दास प्रथा अन्त्य भएको थियो । लिंकनले अमेरिकाको संविधानको १३ औं संशोधनमार्फत दास प्रथाको अन्त्य गराएका थिए ।

कान्तिपुर

Link copied successfully