काठमाडौँ — सन् २००४ मा आजकै दिन (अप्रिल १२) मा क्रिकेटर ब्रायन लाराले एउटै पारीमा ४ सय रन बनाएका थिए । टेस्ट क्रिकेटको एकै खेलमा लाराले बनाएको रेकर्ड हालसम्म पनि कायम छ ।
वेस्ट इन्डिजका ब्याट्सम्यान लाराले इंग्ल्यान्डविरुद्धको टेस्टमा अविजित ४ सय रन जोडेका थिए । त्यसका लागि उनले ५ सय ८२ बल खर्चेका थिए । ७ सय ७३ मिनेट क्रिजमा रहेका लाराले ४३ चौका र ४ छक्का प्रहार गरेका थिए । १९६९ मे २ मा ट्रिनिडाड एन्ड टोबागोको सान्टा क्रुजमा जन्मिएका लारा अन्तर्राष्ट्रिय क्रिकेटका सर्वकालीन महान् ब्याट्सम्यान हुन् ।
उनले वेस्ट इन्डिजका लागि उनले १९९० देखि २००७ सम्म क्रिकेट खेलेका थिए । लाराले १९९० नोभेम्बर ९ देखि अन्तर्राष्ट्रिय एकदिवसीय र डिसेम्बर ६ देखि टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । क्रिकेट जीवनमा उनले १३१ टेस्ट र २९९ एकदिवसीय म्याच खेलेका थिए । त्यसक्रममा उनले टेस्टमा ११ हजार ९ सय ५३ र एकदिवसीयमा १० हजार ४ सय ५ रन जोडेका छन् ।
