महेश केसी

महेश केसीका लेखहरु :

रुकुम पश्चिममा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

रुकुम पश्चिममा जिप दुर्घटना : ४ जनाको मृत्यु, १० घाइते  

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८, दुलीमा बिहीबार बिहान जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १० जना घाइते भएका छन् । 

आफ्नै लयमा तकगाउँ

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १० मा पर्ने तक्सेराको तक बस्ती कुनै जीवित ऐतिहासिक संग्रहालय जस्तो लाग्छ । नामङै पहाडको फेदीमा ढुंगैढुंगाका परम्परागत शैलीका घर मात्रै तकको परिचय होइन । मगर खाम भाषी तकमा कृषि र पशुपालनमा आधारित जीवनशैली अझै पनि उस्तै छ ।

तक गाउँका एक्ला कटुवाल

भार्से कामीलाई ३१९ घरधुरी भएको तक गाउँमा कसको घरमा बिहे हुँदै छ, कसको घरमा पूजा चल्दै छ, कसको बारीमा जौ, मकै र आलु लगाइयो सप्पै थाहा हुन्छ । त्यति मात्रै होइन, कसैको बस्तुभाउ अर्काको बालीमा पसेर नाश गरे त्यसको जुर्मना भराउने काममा पनि उनी नभई हुन्न । नहोस् पनि किन, उनी पुथा उत्तरगंगा गाउँपालिका–१० तक्सेराको तक गाउँका एक्ला कटुवाल हुन् । 

यार्सागुम्बाको सुरक्षामा युवा गस्ती

बहुमुल्य जडीबुटी यार्सागुम्बा संकलनको मिति नजिकिँदै गर्दा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ र २ का स्थानीय युवाले सुरक्षा गस्ती सुरु गरेका छन् । तर सुरक्षा गर्ने काममा पछिल्लोपल्टे मौसम प्रतिकूल हुँदा चुनौती थपिएको छ । हिउँ छिचौल्दै यार्सागुम्बा सुरक्षाका लागी करिब ३ सय जना स्थानीय युवा आइतबार यार्सा पाइने पाटन क्षेत्रतर्फ लागेका छन् ।

फराकिला बन्दै दुर्गमका सडक

कुनै बेला एउटा गाडी पनि मुस्किलले अटाउने रुकुम पश्चिमका सडक अब ठूला र फराकिला हुन थालेका छन् । संघीय र प्रदेश सरकारमार्फत जिल्लामा सडक स्तरोन्नति भइरहेको हो । मुसीकोट नगरपालिका–२ राउखेतबाट जिल्ला सदरमुकाम खलंगा हुँदै वडा ५ को डिग्रे र वडा ६ स्थित भण्डारीकाडासम्म ११ किलोमिटर लामो सडकको काम अघि बढेको छ ।

रुकुम पूर्वका अनन्त बस्नेत २ वर्षदेखि सम्पर्कविहीन

सिस्ने गाउँपालिका ५ टाकुराका ६० वर्षीय अनन्त बस्नेत विगत २ वर्षदेखि सम्पर्कविहीन भएका छन् । १० वर्षअघि ज्वाईंसँग भारतमा मजदुरी गर्न गएका बस्नेत ८ वर्षपछि २०७८ माघमा परिवारको सम्पर्कमा आएको र त्यसपछि फेरि गायब भएको उनकी छोरी सुनिता गौतम बस्नेतले जानकारी दिइन् ।

आठबीसकोटले विद्यालय समायोजन गर्दै

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले विद्यालय समायोजनको काम अघि बढाएको छ । विद्यालय समायोजन कार्यविधि बनाएर यसका आधारमा प्रतिवेदन तयार गरी कार्यपालिकामा पेस गरिएको र उक्त प्रतिवेदनका सझावहरु छलफलमा लगेर कार्यन्वयनमा लैजाने तयारी भैरहेको नगरपालिकाले बताएको छ । 

भेरीमाथि निर्माणाधीन बेलिब्रिज भाँचियो

जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत जाजरकोट र रुकुम जोड्न आठबीसकोट नगरपालिका–४ तल्लु बगरस्थित भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।