सम्भवतः ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको अर्को चरणमा एक पाइला राखेको छ । त्यो भनेको कि त क्वालिफायर । होइन भने इलिमिनेटर । यसका लागि ललितपुरले धन्यवाद दिनुपर्नेछ, फ्रान्सेली फरवार्ड पापा केबेलाई । आफ्नो जन्मदिनकै अवसर पारेर उनले दुई गोल गरे ।
कतै चिया पिउँदै गर्दा छेउबाट सुन्छु– काठमाडौं रेजर्सले राम्रो गरिरहेको छ रे त ! तरकारी किन्दा कसैले गफ दिइरहेको थियो– धनगढी एफसी त सुदूरपश्चिमको शान पो हो ! पम्पमा पेट्रोल भर्दै गर्दा कुरा चलिरहेको हुन्छ– ललितपुर सिटी एफसीले खेल्दा लाखेको नृत्य पो देख्न पाइन्छ, त्यो पनि पारम्परिक बाजागाजासँगै ! साता दिन बिराएर भेटिने साथीहरू सोध्छन्, ‘फुटबल चलिरहेको त छ नि ?’ यहाँनिर ‘अल्गोरिदम’ ले काम गरेको पनि हुन सक्छ, उस्तै उस्तै घटना ठोक्किन आएर ।
पेले बितेको एक वर्षमात्र के भएको थियो, ब्राजिली फुटबल क्लब सान्तोसमाथि अर्को दुःख आइपरेको छ । भनिन्छ, फुटबल असाध्यै निर्दयी खेल छ । त्यसैले यसको लिगमा रेलिगेसन हुन्छ । रेलिगेसनमा पर्नु भनेको कोही आफ्नै बितेजस्तै हो । जुन मैदानमा पेलेको अन्तिम संस्कार आयोजना गरिएको थियो, त्यहीं सान्तोसका केही समर्थकले उपद्रो मच्चाए । उनीहरूले सहनै सकिरहेका थिएनन्, किनभने उनीहरूको प्रिय क्लब सान्तोस रेलिगेसनमा परेको छ ।
फुटबलको खेल रोमाञ्चक हुन जे–जति चाहिन्छ, त्यो सबै बुधबार पोखरा थन्डर्स र स्पोर्टिङ इलामबीचको भिडन्तमा रह्यो । अलिकति विवाद र अलिकति नाटक अनि आफू आफूबीचमै द्वन्द्व । अन्त्यमा खेल सकेपछि हात हालाहालको स्थिति ।
नेपाल सुपर लिगअन्तर्गत मंगलबारको खेलमा अचम्मै जस्तो भयो । पहिलो हाफमै तीन गोल भयो । ललितपुर सिटी गोल खडेरीबाट गुज्रिइरहेको थियो । टोलीले दुई गोल गर्यो । सिटीले यसअघिका तीन गोलमा एउटै गोल खाएको थिएन, वीरगन्जसँग दुई गोल सामना गर्नुपर्यो ।
खेल सकिन चार मिनेटमात्रै बाँकी । राजीव लोप्चनले निकालेको थ्रु–पासमा एनकेगुए जुनियरसामु गोल गर्न विपक्षी गोलरक्षक स्टेफन कुपिचको मात्र चुनौती बाँकी थियो । तर, त्यही ‘वान भर्सेस वान’ को स्थितिमा पनि एनकेगुएले बललाई पोस्टका दिशा सकेनन् ।
जादुयी चमत्कार । विश्वस्तरीय । क्लासिक । अरू के के । एरिक विष्टले आइतबार बुटवल–लुम्बिनीका लागि फ्रि–किकबाट गरेको गोललाई बयान गर्न शब्द अपुग हुन सक्छ । तर एउटा तथ्य भने निश्चित छ, यो गोलले नेपाल सुपर लिगमा बुटवल–लुम्बिनीको भने साँच्चै उद्धार भएको छ ।
सबैभन्दा पहिले धनगढी एफसीका समर्थकलाई निराश तुल्याउने समाचार । कृतिश छुन्जुले सम्भवतः चोटका कारण पूरा प्रतियोगिता नै गुमाउन सक्नेछन् । खुट्टामा चोट बोकेका उनको एमआरआई रिपोर्ट आइपुगेको छ । त्यसले भन्छ, उनलाई ३–४साताभन्दा बढीको आराम चाहिन्छ ।
कसले भन्छ, फुटबलमा लाग्नेहरू पढ्ने लेख्ने खालका हुन्नन् भनेर ? अझ केही त असाध्यै बौद्धिक खाले हुन्छन् । प्राज्ञिक स्तरका हुन्छन् । भीम थापा यस्तै रहे । उनको पूरा जीवन फुटबलमै बित्यो । सुरुमा खेले । पछि प्रशिक्षक बने । बीच–बीचमा प्रशासनिक काम पनि गरे ।
पास राम्रो कि गोल ? धनगढी एफसीले बिहीबार नेपाल सुपर लिग (एनएसएल) मा निकालेको जितमा यस्तो फरक मत हुने नै छ । खेल बराबरीतर्फ अग्रसर भइरहेका बेला मैदानको लगभग मध्यभागबाट अहमद हिजाइले मीठो पास निकाले । समय थियो, दोस्रो हाफको इन्ज्युरीको तेस्रो मिनेट । त्यो नापेर र तौलेर निकालेको पास थियो । त्यसमा आफिज ओलावालेले उत्तिकै मीठो ‘वान टच’ मा प्रहार गर्दै चलाखीपूर्ण गोल गरे । खासमा दुवै उत्कृष्ट थियो ।