कम्बोडिया र पोर्चुगलले भने गोलरहित बराबरी खेले । दुवै टोली यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेका छन् ।
काठमाडौँ — डीआर कंगोले विश्वकप २०२६ को समूह 'के'मा आइतबार उज्वेकिस्तानमाथि ३–१ को पुनरागमन जित रचेको छ र प्रतियोगिताको अन्तिम ३२ मा प्रवेश गरेको छ । यो नतिजापछि कंगो चार अंकका साथ तेस्रो स्थानमा रह्यो।
उज्वेकिस्तान भने सबै खेल हारेर शून्य अंकमा घर फर्किने भएको छ । उज्वेकिस्तानले इडोर सोमुरोडोभको गोलले दसौं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि कंगोका लागि योने विसकाले ६८ र इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यसमध्ये पहिलो गोल पेनाल्टीमा सम्भव भएको थियो ।
यस्तै अर्को गोल फिस्टन मायेलेको नाममा रह्यो । उनले ७८ औं मिनेटमा गोल गरे । समूहको अर्को खेलमा कम्बोडिया र पोर्चुगलले गोलरहित बराबरी खेले ।
दुवै टिम यसअघि नै दोस्रो चरण पुगिसकेका थिए । कोलम्बिया सात अंकमा शीर्ष स्थानमा रह्यो भने पोर्चुगल पाँच अंकमा दोस्रो स्थानमा रह्यो ।
