ट्युनिसियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता, जापान र स्विडेन पनि नकआउट चरणमा

जापानले स्विडेनसँग १–१ को बराबरी खेल्यो ।

असार १२, २०८३

हिमेश

Netherlands wins group after beating Tunisia, Japan and Sweden also in knockout stage

काठमाडौँ — नेदरल्यान्ड्सले विश्वकप २०२६ मा शुक्रबार ट्युनिसियालाई ३–१ गोल अन्तरले हराएर समूह विजेता बनेको छ । यो जितपछि डच टिमको सात अंक भएको छ र समूहको शीर्षमा रह्यो ।

अर्को खेलमा जापानले स्विडेनसँग १–१ को बराबरी खेल्यो । जापान पाँच अंकमा दोस्रो स्थानमा रह्यो र उसले पनि नकआउट चरणको यात्रा तय गर्‍यो ।यो नतिजाले तेस्रो उत्कृष्ट टिम हुँदै स्विडेनले पनि दोस्रो चरणको यात्रा निश्चित गर्‍यो । ट्युनिसिया भने निराशाजनक रूपमा शून्य अंकमा रह्यो र लगातार तीनै खेलमा पराजित रह्यो ।

कानसास सिटीमा भएको खेलमा इलियास स्खरीको आत्मघाती गोलमा नेदरल्यान्ड्स तेस्रो मिनेटमै अगाडि रहेको थियो । त्यसपछि ब्रायन रोबरीले सातौं मिनेटमा दोस्रो गोल थपे । ट्युनेसियाका लागि ५४ औं मिनेटमा हाजेम मुस्तरीले एक गोल फर्काए ।Netherlands wins group after beating Tunisia, Japan and Sweden also in knockout stage

जान पउल भानले ६२ औं मिनेटमा तेस्रो गोल गर्दै नेदरल्यान्ड्सको जित निश्चित गरे । डलास सिटीमा भने जापानले दाइजन माएदाको गोलले ५६ औं मिनेटमा अग्रता लिए पनि त्यो लामो समय टिकेन र एन्थोनी एलान्गाले ६२ औं मिनेटमा बराबरी गोल फर्काए ।

विश्वकप २०२६

हिमेश

Link copied successfully