कानसास सिटीमा हुने अर्को खेलमा अल्जेरिया र अस्ट्रिया भिड्ने छन् ।
काठमाडौँ — विश्वकप २०२६ को लिग चरणका अन्तिम दुई खेल आइतबार हुँदैछन् र यसमा एक खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले डेब्यु गरिरहेको जोर्डनको सामना गर्नेछ ।
यो खेल डलास स्टेडियममा हुनेछ । कानसास सिटीमा हुने अर्को खेलमा अल्जेरिया र अस्ट्रिया भिड्ने छन् ।
अर्जेन्टिना यसअघि नै नकआउट चरण पुगिसकेको छ र उसको छ अंक । जोर्डन भने शून्य अंकमा अन्तिम स्थानमा छ । अल्जेरिया र अस्ट्रियाको खेलले भने समूहको दोस्रो स्थानमा रहेर नकआउट चरण पुग्ने टिमको निर्णय गर्नेछ । उनीहरू दुवै समान तीन अंकमा रहेका छन् । यो खेल बराबरीमा टुंगिएमा गोल अन्तरका आधारमा अस्ट्रिया दोस्रो स्थानमा रहेर अर्को चरण पुग्नेछ ।
जोर्डनविरुद्ध अर्जेन्टिनी कप्तान लियोनल मेसी सुरुदेखि खेल्ने छैनन् र उनी बेञ्चमा रहने छन् ।
आजका यी दुई खेलपछि प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ ।
