जिल्ला अस्पताल बैतडीमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा एक साताअघि पञ्चेश्वरबाट आमाछोरी आइपुगे । दुवै खासै बोल्दैनन् । टोलाएझैं यताउता हेरिरहन्छन् । एउटा कोठा र अस्पताल परिसर आसपासमै उनीहरूका दिन बितिरहेका छन् ।
बैतडीमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।
नेपाल—भारत सीमानामा रहेको बैतडीस्थित झुलाघाट नाका अब हप्ताको दुई दिन खुल्ने भएको छ । सोमबार र शुक्रबार नाका खोलिने बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए ।
ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सिगास गाउँपलिका–९ बाजपानीमा भएको ट्याक्टर दुर्घटनामा बझाङको बित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ ।
बैतडीको मेलौली नगरपालिका–९ बाट मेलौली बजारतर्फ गइरहेको सुप प्रदेश ०११२ त ४५७७ नम्बरको ट्र्याक्टर शनिबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।
बैतडी प्रहरीले १० किलो चरेससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षीय मानबहादुर धानुक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
सिगास गाउँपालिकामा एक किशोरीलाई बलात्कारपछि गर्भपतन गराएको घटना एक तोला सुन दिने ‘तमसुक’ बनाएर मिलाएको खुलेको छ । घटनाको सात महिनापछि पीडित किशोरी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । बिहीबार ती किशोरी आफ्नी दिदी र नन्दसँग प्रहरी कार्यालय गएकी हुन् ।
सिगास गाउँपालिका–५ ढुंगाडकी लालमती धामी ६ सन्तानकी आमा हुन् । ४५ वर्षीया उनका ४ छोरी र २ छोरा छन् । कान्छा छोरा सात वर्षका भए । लगातार चार छोरी जन्मेपछि छोराका लागि थप सन्तान जन्माउनुपरेको उनले बताइन् । ‘छोरा नभए त हाम्रातिर सन्तानै भन्दैनन् । अनि छोरा नहुन्जेल बर्सेनि जन्माउनै पर्यो,’ उनले भनिन् ।