नेकपाका ११ र कांग्रेसका ५ जना सांसदले बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
वीरेन्द्रनगर — कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका सासंद मिलेर बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेकपाका ११ र कांग्रेसका ५ जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
बुधबार सत्ता साझेदार दल नेपाली कांग्रेसले सरकार छाडेको थियो । सरकारमा सहभागी कांग्रेसका ४ जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन ।
४० सदस्यीय कर्णाली प्रदेशसभाका १६ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । उनीहरुले नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन् ।
