कांग्रेसले छाडेका ४ मन्त्रालय मुख्यमन्त्रीले राखेका छन् ।
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सरकारमा सहभागी चारजना मन्त्रीले बुझाएको राजीनामा स्वीकृत भएको छ।बुधबार बिहान प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री समक्ष सामूहिक राजीनामा बुझाएका थिए । उनीहरूको राजीनामा मुख्यमन्त्री यामलाल कडेलले दिउँसो स्वीकृत गरेका हुन् ।
साथै मुख्यमन्त्री कडेलले मन्त्रिपरिषद्मा हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठनको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् । कांग्रेसले छाडेका ४ मन्त्रालय मुख्यमन्त्रीले राखेका छन् ।
प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिकमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जामा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी सहभागी थिए ।
अब प्रदेश सरकारमा अन्य २ मन्त्री र १ राज्यमन्त्री एमालेका छन् ।
