बजेटको विषयलाई लिएर कर्णाली प्रदेशसभा बैठक निरन्तर अवरुद्ध

प्रदेश सभा सचिवालयका अनुसार अब अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बस्नेछ ।

असार १९, २०८३

तृप्ति शाही

Karnali Provincial Assembly meeting continues to be disrupted over budget issue

वीरेन्द्रनगर — आगामी आर्थिक वर्षको बजेटलाई लिएर कर्णाली प्रदेश सभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ । बिहिबारको प्रदेशसभा बैठकमा पनि विपक्षीहरूले अवरोध गरे ।

प्रतिपक्षी दलहरुले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममानै जान दिएनन् । सत्ता पक्षले बजेट पास गर्ने तयारी गरेको थियो तर प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माले संसद् बैठक अवरोध गरे ।

सभामुख नन्दा गुरुङ विपक्षीलाई पेलेरै अघि बढ्न खोजेपछि संसदमा धकेलाधकेलको अवस्था नै आयो ।

Karnali Provincial Assembly meeting continues to be disrupted over budget issue

रातो किताब नआएको, लोकप्रिय छोरी बैंक खाता कार्यक्रम हटाइएको, मन्त्रीले कार्य विभाजन नियमावली विपरीत योजना हालेको, नेताका नामका प्रतिष्ठान, स्मृति भवनदेखि देउताका थानमा हालेका बजेटलाई सुधार गर्नुपर्ने मागसहित मंगलबारदेखि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरिरहेका छन् ।

प्रदेश सभा सचिवालयका अनुसार अब अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बस्नेछ । 

बुधबार दिनभरको छलफलबाट पनि निष्कर्ष निस्किएन । बिहीबार सत्ता पक्षले बहुमत भएकाले बजेट पारित गरेरै छाड्ने रणनीति अपनाए पनि प्रतिपक्षीको अवरोधका कारण हुन सकेन । आधाघण्टाको लागि स्थगित भएको बैठक शुक्रबारको लागि सरेको छ ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully