कर्णाली प्रदेश सरकारअन्तर्गत रहेका निर्देशनालयको नाम हेरफेर

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ। बुधबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद् बैठकले ती निर्णय गरेको हो ।

असार ३१, २०८३

तृप्ति शाही

Names of directorates under the Karnali Provincial Government changed

वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा  निर्णय गरेको छ। बुधबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद् बैठकले ती निर्णय गरेको हो ।

कर्णाली प्रदेश अनुगमन तथा मूल्यांकन विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र व्यवस्थापन परीक्षण निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको कर्णाली सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

यस्तै  प्रदेश सरकारअन्तर्गत रहेका निर्देशनालयको नाम हेरफेर, खारेजी तथा तालिम केन्द्रहरू खारेज गरी कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट कार्यसम्पादन गर्ने, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई थप जिम्मेवारीसहित कामकाजमा खटाउने निर्णय सरकारले गरेको उनले बताए । 

कर्णाली प्रदेश बीउ बिजन नियमावली, २०८३ स्वीकृत गर्ने र सडक मर्मतसम्भार निर्देशिका, २०८३ पनि मन्त्रिपरिषद्ले स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता शाहले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully