कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८४६

क्वेयर युवालाई लेखन कार्यशाला

काठमाडौँ — क्वेयर युवाहरूलाई लक्षित गरी रचनात्मक लेखन कार्यशाला ‘आफ्नै कोठा’ सञ्चालन गरिएको छ । एकदिने कार्यशालामा १६ क्वेयर युवाहरूले सहभागिता जनाएका थिए । कार्यशाला संयुक्त राष्ट्रसंघ–नेपाल र कथा साथले संयुक्त रूपमा आयोजना गरेको हो ।

क्वेयर युवालाई लेखन कार्यशाला

आयोजकका अनुसार ‘आफ्नै कोठा’ लेख्न चाहने तर कहाँबाट सुरु गर्ने भन्ने थाहा नभएका वा लेख्नका लागि सहयोग खोजिरहेका क्वेयर लेखकहरूका लागि तयार गरिएको रचनात्मक कार्यक्रम हो ।

‘यो कार्यशाला २०२२ को डिसेम्बरमा आयोजित एउटै नामको लेखन रेसिडेन्सीको विस्तारबाट प्रेरित भएको थियो । जहाँ नेपालभरका ६ जना लेखकहरूले १० दिनसम्म सँगै लेखेका थिए,’ राष्ट्रसंघ नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : वैशाख १४, २०८१ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?