पढाइले फिजियोथेरापिस्ट सन्दीप रेड्डी भांगामा फिल्मको भूत सवार थियो । २८ वर्षको छँदै सहायक निर्देशक भई फिल्म ‘कैदी’ मा काम गरिसकेपछि उनलाई आफैं फिल्म बनाउने महत्त्वाकांक्षा जाग्यो । अनि आफैं लेख्न थाले स्क्रिप्ट । दुई वर्ष लगाएर तयार भयो, अर्जुन रेड्डीको स्क्रिप्ट । तर, पाँच वर्षसम्म पनि पैसा लगानी गर्ने कोही भेटेनन् ।
उखानै छ, बाघ बूढो र स्याल तन्नेरी कहिल्यै हुँदैन । साहित्यमा बाघलाई शक्ति, सौर्य र दम्भको अलंकार मानिन्छ । भनिन्छ– सिकार गर्न नसक्ने अवस्थाको बूढो बाघ बरु भोकै मर्छ, तर घाँस खाँदैन । बलिउडमा सोही नामको फिल्मको हिरो भएका हिसाबले सलमान खानलाई टाइगर भनिए पनि काम र रवाफका हिसाबले असली बाघ हुन्– शाहरूख खान ।
कडा मिहिनेतबिना केही पनि पाइँदैन, जे पाइन्छ त्यो कहिल्यै फलदायी हुँदैन,’ फिल्मस्टार रजनीकान्तको यो भनाइ उनकै जीवन भोगाइ हो । ७२ वर्षको उमेर सरदर मान्छेको निवृत्तिकाल हो । तर, तिनै रजनीकान्त अझै फलदायी जीवनको रोमाञ्चक यात्रामै छन् । झन्डै पाँच दशकको अनवरत अभिनय यात्रामा संघर्ष र सफलता उनको पयार्य रह्यो ।
पाँच वर्षयता अमेरिकी गोराहरू सम्मिलित हलिउडको परिधिमा सीमित हुँदै गइरहेको आरोप खेपिरहेको ओस्कारले भने ९५ औं संस्करणको अवार्ड वितरणमा भने ‘कोर्स करेक्सन’ गर्न बाध्य भएको छ । फलस्वरूप लस एन्जल्सको डल्बी थिएटरमा आइतबार साँझ आयोजित समारोहमा ‘आउट अफ द बक्स’ फिल्म र फिल्मकर्मीले अवार्ड थापेका छन् ।
हिन्दी फिल्म ‘आरआरआर’ हेरेपछि तीन पटक ओस्कार अवार्ड जितिसकेका अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्गको अभिव्यक्ति थियो, ‘एकदमै सुन्दर दृश्यात्मक शैली । हेर्न र अनुभूत गर्नका लागि एक असाधारण फिल्म ।’
डिस्क्लेमरः यदि तपाईं अनमोल केसीको बिछट्टै ठूलो फ्यान हुनुहुन्छ र उनका फिल्मको अन्ध प्रशंसक हुनुहुन्छ भने कृपया ‘२.० छड्के’ को समीक्षा नपढ्नुहोला । यसले तपाईंको चित्त दुखाउन सक्छ ।
कोभिडकाल पूर्वार्द्धसम्म भारतीय फिल्ममा बलिउडको एकछत्र थियो । मसलेदार फिल्म र स्टारडमको बलमा धानिएको बलिउडलाई एकाध वर्षयता भारतकै क्षेत्रीय फिल्मले जगैदेखि हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म ‘बाहुबली’, ‘पुष्पा’, ‘केजीएफ’ ले बलिउडमाथि धावा बोले । अहिले ‘आरआरआर’ ले त बलिउडलाई समेत धेरै पछाडि छोड्दै ग्लोबल बक्सअफिसदेखि अवार्डमा समेत देशको प्रतिनिधित्व गर्न थालिसकेको छ ।
दर्शकमाझ बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबार प्रदर्शनमा आउनुअगावै लगभग सबै हलका सबै शो हाउसफुल थिए । गत शुक्रबार नै उक्त फिल्मका मनग्गे शो निकालिएका थिए । राजधानीको मुख्य मल्टिप्लेक्स च्यानल क्यूएफएक्सले अनलाइन शो निकालेको दुई घण्टा बित्न नपाउँदै हल भरिने गतिमा टिकट बिक्री भइसकेको थियो । देशभर क्यूएफएक्सका ११ मल्टिप्लेक्सले दक्षिण भारतीय फिल्मलाई ८७ शो दिएका थिए । तर दर्शकको ओइरो यति देखियो, राजधानीका केही मल्टिप्लेक्सले त बुधबार रातभर अतिरिक्त शो नै चलाए ।
कोभिड महामारीले विश्वलाई नै झन्डै साढे दुई वर्षदेखि सताइरहेको छ । सुरुवातमा त विश्व नै ठप्प पारेको कोभिडले विश्व अर्थतन्त्र डामाडोल बनायो । यसबाट नेपाल पनि अछुतो रहेन । वर्ष २०७८ पनि लगभग कोभिड महामारीकै त्रासमा बित्यो । गत असोजपछि महामारी केही मत्थर भएसँगै विभिन्न क्षेत्र चलायमान हुन थाले पनि मुलुकको फिल्म क्षेत्रले भने राज्यबाट त्यो सुविधा पाएन ।
पछिल्लो समय दक्षिण भारतीय फिल्म नेपाली फिल्मका लागि मात्रै नभएर बलिउडकै लागि फलामको चिउरा साबित भइरहेको छ । अल्लु अर्जुनको पुष्पाले बक्स अफिसमा मच्चाएको तहल्का सेलाउन नपाउँदै यतिबेला एसएस राजामौली निर्देशित फिल्म आरआरआर झन् ठूलो गर्जनसहित हलमा छिरेको छ । जुनियर एनटीआर र रामचरणको अनस्क्रिन जुगलबन्दीले दर्शकलाई हलमा नचाइरहेको देखिन्छ ।