दुवै दलका १६ सांसदले बिहीबार मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कर्णाली प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।
एमालेका प्रमुख सचेतक टेकराज पछाईले भने तत्काल सत्ता गठबन्धन नफेरिने दाबी गरे ।
प्राविधिक कर्मचारी अभाव, जेनजी आन्दोलन, प्रतिनिधिसभा निर्वाचन, बिटुमिनलगायत निर्माण सामग्री अभाव, इन्धनको मूल्यबृद्धिलगायत कारण बजेट खर्च कम भएको सरकारको दाबी छ।
जाजरकोटको मन्ताभीर ८ वर्षदेखि अपूरो, रुकुम पूर्वको काम सातपटक म्याद थप्दा पनि अधिकांश कालोपत्र भत्कियो ।
दोस्रो चरणको काम लामो समयदेखि अलपत्र हुँदा तेस्रो र चौथो चरणका हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका काममा पनि बाधा पुगेको छ । जसले आयोजनाको निर्माण धकेलिएको छ।
बर्सेनि यार्सा उत्पादन घट्दा स्थानीय बासिन्दालाई जीविकोपार्जनको चिन्ता
रासायनिक मल तथा विषादीको विकल्प नहुनु, जलवायु परिवर्तनको प्रभाव र खडेरी, सिँचाइ अभाव, कृषिमा निर्भर जनशक्ति पलायनलगायत कारण अभियान अलमलमा परेको छ।
प्रदेशभरि हुने दुर्घटनाको झण्डै ५६ प्रतिशत कर्णाली राजमार्गमा । यस राजमार्गमा आर्थिक वर्ष २०७१/७२ देखि अहिलेसम्म ९ सय १७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ग्यासको सहज आपूर्ति नहुनु, जिल्लाभरि ग्यास कम्पनीको आधिकारिक बिक्रेता नहुनु र महँगो ढुवानी भाडाका कारण उपभोक्ता महँगीको मार खेप्न बाध्य ।