स्थानीय तह निर्वाचन ०७४ मा कर्णालीमा एमालेले २७ र कांग्रेस र माओवादीले २५/२५ स्थानमा जितेका थिए । त्यतिबेला देशभरि १ सय २६ सिट जितेको माओवादीले कर्णालीमा सबैभन्दा बढी स्थानमा विजय हासिल गरेको थियो । तर गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनका मत परिणाम आउँदै गर्दा दलहरूको प्रादेशिक समीकरणमा ठूलै फेरबदल हुने संकेत देखिँदै छ ।
हुम्लाको ताजाकोट गाउँपालिका–३ मासपुरका ५७ वर्षीय दानबहादुर बुढाले अहिलेसम्म ३ पटक मतदान गरे । योपटक पनि मतदान गर्न उनी बिहीबार बिहानै थापागाउँस्थित कैलाश प्राथमिक विद्यालयमा हिँडेका छन् । ‘आफूले पाएको अधिकार सुरक्षित गर्न पनि १० घण्टा पैदल हिँड्नुपर्छ,’ उनले टेलिफोनमा भने, ‘गाउँमै मतदान केन्द्र बनाउन माग गरेको वर्षौं बित्यो, कसैले सुनेनन् ।’
स्थानीय राजनीतिक स्वार्थ नमिल्दा कर्णाली प्रदेशमा सत्तारुढ दलहरुबीच सबै स्थानीय तहमा गठबन्धन हुन नसके पनि त्यसको फाइदा विपक्षी दल एमालेले लिन सक्ने सम्भावना कमजोर देखिएको छ । स्थानीय तह निर्वाचन–२०७४ मा एमालेले २७ स्थानीय तह र कांग्रेस, माओवादी केन्द्रले २५/२५ स्थानीय तहमा चुनाव जितेका थिए । कर्णालीका ७९ मध्ये २० स्थानीय तहमा मात्र सत्ता गठबन्धन भए पनि अन्य स्थानीय तहमा एकीकृत समाजवादीको उपस्थितिले एमालेलाई चुनावी जित कठिन बनेको देखिन्छ ।
सत्तारूढ दलबीच कर्णाली प्रदेशका सबै स्थानीय तहमा गठबन्धन हुन नसके पनि त्यसको फाइदा विपक्षी दल एमाले लिन सक्ला कि नसक्ला भन्ने आकलन सुरु भएको छ । अघिल्लो स्थानीय तह निर्वाचन–२०७४ मा एमालेले २७ तथा कांग्रेस/माओवादीले २५/२५ स्थानीय तहमा चुनाव जितेका थिए । कर्णालीका ७९ मध्ये २० स्थानीय तहमा मात्र सत्ता गठबन्धन भए पनि अन्यमा एकीकृत समाजवादीको उपस्थितिले एमालेलाई जित निकाल्न सजिलो देखिन्न ।
चुनावी प्रचारप्रसारका क्रममा आइतबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१० खोलागाउँमा माओवादी केन्द्र र कांग्रेस कार्यकर्ताबीच झडप भयो । २ जना घाइते भए । प्रहरी तुरुन्तै घटनास्थलमा खटियो र थप क्षति हुन पाएन ।
एकातिर कर्णाली नदी, अर्कोतिर रामाघाट । वर्षायाममा पानी पर्नेबित्तिकै कति बेला बाढी आउँछ, ठेगान हुँदैन । ‘बर्खा लागेपछि कर्णालीले कटान सुरु गर्छ, रामाघाटमा भेल आउँछ, खोला नै घरभित्र पस्छ,’ दैलेखको आठबीसकोट नगरपालिका–६, रामाघाटकी सुकमाया बादी भन्छिन्, ‘कहिले बाढीको डर, कहिले पहिरोको डर । पानी पर्न थालेपछि ओढ्ने, ओछ्याउने बोकेर रोडतिर जान्छौं, कहिले होटलमा बस्छौं, कहिले ओढारतिर ।’
आइतबार दिउँसो चौरजहारी नगरपालिका–१० खोलागाउँमा प्रचारप्रसारको क्रममा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भए । प्रहरीले तुरुन्तै ‘एक्सन’ लियो र थप क्षति हुन पाएन । त्यसैबेला मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अर्थमन्त्री जनार्दन शर्मासहितको उपस्थितिमा सर्वदलीय बैठक बसिरहेको थियो ।
जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुको विशालफाँट । कुदुमा झन्डै १ हजार घरधुरीको बसोबास छ । गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेरै राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह पछि सहायक मन्त्रीसम्म बने । उनीपछि उनका छोरा गोविन्दविक्रम शाह जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर कुदुवासीको ‘खानेपानी सपना’ अझै पूरा भएको छैन ।
सल्यानको बाग्चौरकी यमुना केसीले कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागारमा सजाय भोगिरेहकी छन् । उनलाई जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको छ । उनले त आफ्नो गल्तीको सजाय भोगिरहेकी छन् नै साथमा उनको २३ महिने छोरा कपिल पनि कारागारको कम्पाउन्डभित्र थुनिएका छन् । ‘घरमा पालनपोषण गर्ने कोही छैन,’ उनले भनिन्, ‘दूधे बच्चालाई अरूसँग पनि कसरी छोड्नु ?’ केसीसँगै कारागारमा बहुविवाहको सजाय भोगिरहेकी शान्ति परियारसँग २ वर्षीय बच्चा छन् ।