नेपालमा पछिल्ला दिनमा साइबर आक्रमण र साइबर अपराधको जोखिम बढ्दो छ । अघिल्लो साता मात्रै अज्ञात व्यक्ति वा समूहले डीडस आक्रमणमार्फत नेपाल सरकारका विभिन्न अत्यावश्यक वेबसाइट र डाेमेन नै नचल्ने बनाइदिए । बारम्बार यस्ता जोखिमको अवस्था आउँदा पनि नेपाल सरकारको साइबर सुरक्षासम्बन्धी नीति र पूर्वाधार काम चलाउ मात्रै छन् ।
सन् २०१४ मा चामत्कारिक परिणामसँगै भारतको शक्तिशाली प्रधानमन्त्री निर्वाचित भएपछि नरेन्द्र मोदी एउटा निजी जेट जहाज चढेर राजधानी नयाँदिल्ली ओर्लिए । मिडियाको उत्सुक हेराइ र क्यामेराहरूको ठेलमठेलबीच जुन जहाजको सिँढीबाट बाहिर निस्किएर मोदीले आफ्नो नियमित अभिवादन गरेका थिए, पृष्ठभूमिमा अडानीको बैजनी रङको लोगो चम्किरहेको थियो ।
सिंहदरबारभित्र रहेको एकीकृत डेटा सेन्टर (जीआईडीसी) अन्तर्गत सञ्चालन हुने ४ हजारभन्दा धेरै सरकारी वेबसाइट शनिबार दिउँसोदेखि साँझसम्म पटक–पटक ठप्प भए । शनिबार भएकाले भारी ‘ट्राफिक’ पनि थिएन, तर सर्भर डाउन हुँदा अध्यागमन विभागजस्ता संवेदनशील सेवा अवरुद्ध भए, सेवाग्राहीहरूले चर्को सास्ती बेहोर्नुपर्यो । तर, यो समस्या नेपालका लागि नौलो होइन ।
फर्च्युन म्यागजिनको सन् २०२२ अगस्ट/सेप्टेम्बर अंकको आवरणमा ३० वर्षीय अमेरिकी उद्यमी साम ब्यांकम्यान–फ्रिडलाई ‘आगामी वारेन बफेट’ को संज्ञा दिँदै उनको व्यावसायिक सुझबुझको प्रशंसा गरिएको थियो । तिनै युवा उद्यमी २०२२ डिसेम्बर १३ मा ठगीको आरोपमा बहमासको नासाउबाट पक्राउ परे । नोभेम्बरमा आफ्नो क्रिप्टो व्यापार कम्पनी एफटीएक्स टाट पल्टिएको घोषणा गरेका उनी अहिले २५ करोड डलर धरौटीमा रिहा भएर अमेरिकी अदालतमा मुद्दा लड्दै छन् ।
राहदानी विभागले सूचना जारी गर्यो– ‘हाम्रो सर्भरमा देखिएको समस्या समाधान भइसक्यो । तयार छ भन्ने सूचना पाएकाले मात्रै विभागमा लिन आउनुहोला ।’ पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै उच्च पदस्थ कर्मचारीहरूलाई जनताले लाइसेन्स र राहदानीका लागि लाइनमा बसेर सेवा लिन धेरै हैरानी खेपिरहेकाले सेवा प्रवाह सरलीकरण गर्न निर्देशन दिएका थिए ।
सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले वेबमा आधारित कोर बैंकिङ सिस्टमको उपकरण तथा सफ्टवेयर खरिदका लागि आह्वान गरेको आशयपत्र विवादित बनेको छ । कम्प्युटर व्यवसायी तथा आईटी कम्पनीहरूको छाता संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले यसै विषयलाई लिएर हालै अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष अर्थ मन्त्रालयमै पुगेर ध्यानाकर्षण गराएको छ ।
पछिल्ला दिनमा नेपाली युवाहरू व्यावसायिक र सोखका रूपमा एप डेभलपमेन्टतर्फ आकर्षित भएको देखिन्छ । विभिन्न कलेजहरूमा औपचारिक रूपमै पढाइ हुने र एप सफल हुँदा करियरको राम्रो विकल्प बन्ने भएकाले यसमा आकर्षण बढेको हो ।
‘चीनका सबैभन्दा धनाढ्यहरूमध्ये एकदमै कमको मात्र सुखद अन्त्य हुन्छ ।’कुनै समय चीनको सबैभन्दा धनी र विश्वभर सबैभन्दा चर्चित उद्यमीमध्येका एक ज्याक माले माथिको वाक्य भन्दै गर्दा सायद अनुमान गरिसकेका थिए होलान्– उनको अन्त्य पनि सुखद हुने छैन भन्ने । अहिले ठ्याक्कै त्यस्तै भएको छ ।
पछिल्ला वर्षहरूमा नवीनतम प्रविधि प्रयोग गरी जुत्ता बनाउने र जुत्तालाई ‘स्मार्ट’ बनाउन अनेक रोचक अभ्यासहरू भइरहेका छन् । कम्प्युटर एडेड डिजाइन सफ्टवेयरहरूको प्रयोग गरी जुत्ताका पृथक डिजाइन तयार पार्नेदेखि थ्रीडी प्रिन्टिङमार्फत व्यक्तिको खुट्टाअनुसारको जुत्ता तयार गर्न थालिएको छ ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले सोमबार पत्रकार सम्मेलन नै आयोजना गरी पोल भाडासम्बन्धी विवाद समाधान नभए कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएपछि आइस्पान र नेपाल विद्युत् प्राधिकरणबीचको विवाद थप बल्झिएको छ ।