भूमिकाको ‘कहियासम् अनागरिक ?’

असार १९, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — भूमिका थारूको पहिलो कवितासंग्रह ‘कहियासम् अनागरिक ?’ सार्वजनिक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले संग्रह विमोचन गरेका हुन् । 

नाट्यकर्मीसमेत रहेकी थारूका संग्रहमा २४ कविता समावेश छन् । उत्पीडनमा परेको थारू समुदायका पीडा, अधिकारको खोजी, न्यायको लडाइँ, टीकापुर घटना सम्बन्धित कविता संग्रहमा समेटिएका छन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले संग्रह प्रकाशन गरेको हो । सबै कविता थारू भाषामा रहेका छन् ।


कान्तिपुर

Link copied successfully