कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

सन् २०१३ मा आजकै दिन : मोर्सी अपदस्थ 

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (जुलाई ३) मा इजिप्टका राष्ट्रपति मोहमद मोर्सीलाई सेनाले अपदस्थ गरेको थियो । सेना प्रमुख अब्देल फतह अल–सीसीले मुख्य धर्मगुरु तथा राजनीतिक नेताहरूसँगको छलफलपछि मोर्सीलाई अपदस्थ गरेका थिए । 

सन् २०१३ मा आजकै दिन : मोर्सी अपदस्थ 

त्यसका साथै सेना प्रमुखले संविधान खारेज भएको घोषणा गर्दै मुलुकको शासन सत्ता मुख्य न्यायाधीशले चलाउने बताएका थिए । मोर्सी २०१२ जुन १३ मा इजिप्टको राष्ट्रपति बनेका थिए । देशको नयाँ संविधानको मस्यौदा तयार पार्ने क्रममा मोर्सीले राष्ट्रपति पदमा असीमित शक्ति कायम गरेका थिए ।

जसका कारण २०१२ नोभेम्बरदेखि उनीविरुद्ध आन्दोलन सुरु भएको थियो । विरोध प्रदर्शनपछि भने उनले आफूमा निहित शक्ति कम गर्ने बताएका थिए । तर उक्त वाचा पूरा नगरेपछि चर्किएको प्रदर्शनबीच सेनाले मोर्सीलाई अपदस्थ गरेको थियो ।

अदालतमै बहस भइरहेका बेला सन् २०१९ को जुनमा ६७ वर्षीय मोर्सीको मृत्यु भएको थियो ।

प्रकाशित : असार १९, २०८१ ०६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×