‘कलेज टु वाच’ : ग्लोबल कलेजमा ‘भीम्याग’

असार १७, २०८१

कान्तिपुर संवाददाता

'College to Watch': 'VMag' in Global College

काठमाडौँ — नेपालका विभिन्न स्कुल तथा कलेजको वातावरण, शिक्षाको गुणस्तर, अतिरिक्त क्रियाकलापको अवस्था लगायतका सुविधाबारे जानकारी दिने उद्देश्यले ‘भीम्याग’ ले ‘कलेज टु वाच’ सुरु गरेको छ । यसैक्रममा ‘भीम्याग’ को टोली काठमाडौंको पुरानो बानेश्वरस्थित ग्लोबल कलेजमा पुगेको छ । 

कलेजले हाल छैटौं ब्याचका विद्यार्थी भर्ना गर्ने तयारीमा लागिरहेको ‘भीम्याग’सँग कलेजका कार्यक्रम निर्देशक गोकुलदेव बडूले बताए । यसअघि तीन ब्याचमा करिब एक हजार विद्यार्थी उत्तीर्ण भइसकेको उनको भनाइ छ । ‘तीमध्ये कतिपय विद्यार्थीले देश तथा विदेशका मेडिकल, इन्जिनियरिङ लगायतका क्षेत्रमा छात्रवृत्ति हासिल गर्न सफल भइसकेका छन् ।’ 

विद्यार्थीको चौतर्फी विकासका लागि पनि कलेज प्रशासनले कुनै कसर बाँकी नराखी निकै सजग गरेको उनले बताए । ‘हामीले बिहान १० देखि ५ बजेसम्म नियमित शिक्षा प्रदान गर्छौं,’ उनले भने, ‘बिहानको समयमा हामीले विद्यार्थीलाई आवश्यकताअनुसार अतिरिक्त कक्षा, प्रवेश परीक्षा तयारी कक्षाहरू सञ्चालन गर्छौं ।’

अतिरिक्त क्रियाकलाप संयोजक जयदेव गौंडेलले कलेजका योग्य र अनुभवी शिक्षक/शिक्षिकाले निकै मित्रतापूर्ण वातावरणमा अध्यापन गराउने दाबी गरे ।

कान्तिपुर

Link copied successfully