कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सन् १९६१ मा आजकै दिन : डायनाको जन्म 

काठमाडौँ — सन् १९६१ मा आजकै दिन (जुलाई १) मा वेल्सकी पूर्वराजकुमारी डायनाको जन्म भएको थियो । १९६१ जुलाई १ मा जन्मिएकी डायनाले १९८१ जुलाई २९ मा बेलायतका युवराज चार्ल्स तृतीयसँग (हालका राजा) सँग विवाह गरेकी थिइन् । 

सन् १९६१ मा आजकै दिन : डायनाको जन्म 

उनीहरूबाट १९८२ मा प्रिन्स विलियम्स र १९८४ मा प्रिन्स ह्यारीको जन्म भएको थियो । उक्त जोडीले १९९२ मा अलग हुने घोषणा गरेका थिए । त्यसको चार वर्षपछि १९९६ अगस्ट २८ मा चार्ल्स र डायनाले औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका थिए । चार्ल्सले २००५ मा क्यामिला पार्करसँग विवाह गरेका थिए ।

सम्बन्धविच्छेद भएको एक वर्षपछि १९९७ अगस्ट ३१ मा डायनाको कार दुर्घटनामा निधन भएको थियो । डायना फ्रान्सको राजधानी पेरिसमा आयोजित एक रात्रिभोजमा सहभागी भएकी थिइन् । त्यहाँ उनी इजिप्टका धनाढ्य व्यवसायी मोहमद अल फायदका छोरा डोडी अल फायदसँग पुगेकी थिइन् ।

भोजबाट कारमा बाहिरिएको जोडीका तस्बिरहरू खिच्नका लागि फोटोग्राफरहरूले मोटरसाइकल चढेर पछ्याएका थिए । त्यसबाट भाग्ने क्रममा भएको दुर्घटनामा डायनाको निधन भएको हो । राजकुमारी डायना परोपकारी कार्यका कारण ‘जनताको राजकुमारी’का रूपमा परिचित थिइन् ।

प्रकाशित : असार १७, २०८१ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×