काठमाडौँ — सन् १९६१ मा आजकै दिन (जुलाई २) मा अमेरिकी लेखक तथा नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङवेको मृत्यु भएको थियो । हेमिङवेको १९५२ मा प्रकाशित ‘ओल्ड मेन एन्ड द सी’ ले नोबेल पुरस्कार जितेको थियो ।
अमेरिकाको इडाहोमा १८९९ जुलाई २१ मा जन्मिएका हेमिङवेका १० उपन्यास, १० कथासंग्रह र ५ गैरआख्यान प्रकाशित छन् । तीमध्ये ‘ओल्ड मेन एन्ड द सी’, ‘अ फेयरवेल टु द आर्मस्’ र ‘द सन् अल्सो राइजेज’ उपन्यास विश्वसाहित्यकै महत्त्वपूर्ण कृतिका रूपमा लिइन्छ ।
विभिन्न दुर्घटनाका कारण पाँच पटकसम्म मृत्युलाई नजिकबाट देखेका हेमिङवे दुई पटकसम्म हवाई दुर्घटनामा बच्न सफल भएका थिए । जसका कारण जीवनको उत्तरार्धमा उनले निकै पीडा झेल्नुपर्यो । अन्ततः हेमिङवेले १९६१ मा टाउकोमा गोली हानी आत्महत्या गरेका थिए ।
