२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४७

बलात्कारको विरोधमा दिक्तेलमा बालबालिकाको प्रदर्शन

डम्बरसिं राई

खोटाङ — १३ वर्षीया छात्रा बलात्कारको विरोधमा दिक्तेल बजारमा मंगलबार बालबालिकाले प्रदर्शन गरेका छन् ।

बलात्कारको विरोधमा दिक्तेलमा बालबालिकाको प्रदर्शन

हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योति माविकी १३ वर्षीया छात्रालाई उक्त विद्यालयकै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेले बलात्कार गरेको घटनाको विरोधमा प्रदर्शन गरेका हुन् । वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको नेतृत्वमा दिक्तेलको भवन गैराबाट सुरु गरेको जुलुस दिक्तेल बजार परिक्रममा गर्दै किरातचौक पुगेर कोणसभामा परिणत भएको थियो । उक्त बलात्कारका घटनामा संलग्न शिक्षक घिमिरेलाई गत असार १५ गते पक्राउ गरी १६ गते पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : असार १८, २०८१ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×