कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

फलामको रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु

धनकुटा — साँगुरीगढी गाउँपालिका-३ स्थित रघुवा खोलामा फलामको रडले टाउकोमा लाग्दा एक मजदुरको ज्यान गएको छ ।

फलामको रडले टाउकोमा लाग्दा मजदुरको मृत्यु

मृत्यु हुनेमा पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका-२ का ४० वर्षीय मदन मगर रहेको प्रहरीले जनाएको छ ।

स्थानीय रघुवा खोलामा निर्माण भइरहेको पुलमा प्रयोग हुने फलामे रड मंगलबार अपरान्ह मगरको टाउकोमा लागेको जनाईएको छ । रड लागेर पुलबाट खसेका मगर गम्भीर घाइते भएका थिए ।

उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले बताए ।

प्रकाशित : असार १९, २०८१ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×