कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

धनकुटामा ६ महिनाको अवधिमा ५६ मानवअधिकार उल्लंघन

धनकुटा — विगत ६ महिनाको अवधिमा धनकुटामा ५६ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

धनकुटामा ६ महिनाको अवधिमा ५६ मानवअधिकार उल्लंघन

गत पुस (जनवरी) देखि जेठ (जुन) महिनासम्म जिल्लामा भएका मानवअधिकारको अवस्थालाई प्रतिवेदनमा समावेश गरिएको जिल्ला इन्सेक प्रतिनिधि ईश्वर थापाले जानकारी दिए । उक्त अवधिमा एक जनाको हत्या र बलात्कारपछिको हत्याका दुई घटना भएका छन् ।

यस्तै, आठ वटा बलात्कारका घटना भएको प्रतिवेदनमा उल्लेख छ । जसमा पाँच बालिका र तीन महिला बलात्कृत भएका छन् । बालयौन दुर्व्यवहारको दुई र जातीय विभेदको एक घटना भएको छ । जिल्लामा ६ महिनाको अवधिभित्र सबैभन्दा बढी घरेलु हिंसाका घटना छन् । जिल्ला प्रहरी कार्यालयमा ३९ वटा घरेलु हिंसाका घटना दर्ता भएको जनाइएको छ । अघिल्लो वर्ष जिल्लामा एक सय वटा घटना भएको इन्सेक प्रतिनिधि थापाले जनाए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मानवअधिकार उल्लंघन न्यूनीकरणका लागि सचेतना अभियानलाई प्राथमिकतामा राखिनु पर्ने बताए । जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिं चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई लगायतले मानवअधिकारको उल्लंघन तथा ज्यादतीका घटना न्यूनीकरणमा सबै क्षेत्रको चासो जानु पर्ने बताए । बालविवाह, चोरीजस्ता घटना उल्लेख्य वृद्धि भएकोले त्यसतर्फ सरोकारवाला निकायको चासो जानु पर्नेमा जोड दिए ।

प्रकाशित : असार २०, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×