कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ जना पक्राउ

विराटनगर — क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । 

क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ जना पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक घरबाट क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहालले जनाए । पक्राउ पर्नेहरुमा सप्तरीको खडक नगरपालिका–११ का २२ वर्षीय शिवशंकर यादव, राजगढ गाउँपालिका–३ का २० वर्षीय दिपक मण्डल, मोरङको जहदा गाउँपालिका–१ का २५ वर्षीय रन्जितकुमार यादव, विराटनगर–१६ का ३० वर्षीय जनार्दन यादव, २६ वर्षीय सिकिन्दर यादव र सप्तरी नर्घो घर भई विराटनगर-१५ मा डेरा गरी बस्ने ३३ वर्षीय सञ्जीवकुमार मण्डल रहेका छन् ।

प्रहरीका अनुसार विराटनगर–१५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टोकरेन्सी कारोबार भइरहेको सूचनाका आधारमा गत असार १९ गते उनीहरु पक्राउ परेका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट परिचालन भएको संयुक्त टोलीले उक्त घर खानतलासी गर्दा १६ थान मोबाइल, विभिन्न बैंकका एटीएम ४४ थान, भारतीय नम्बरको सिम १३ थान, नेपाली नम्बरको सिम १९ थान, विभिन्न बैंकको चेक २८ थान, विभिन्न बैंकमा रकम जम्मा गरेको भौचर १५ थान, मोटरसाइकल ३ थान, ईलेक्ट्री फ्रिंगर प्रिन्ट १ थान र नगद १ हजार ६ सय रुपैयाँ बरामद गरिएको थियो ।

पक्राउ परेका अभियुक्तहरुलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कोशी प्रदेश प्रमुख डीआईजी चन्द्र कुवेर खापुङले अभियुक्तहरुले २५ हजारभन्दा बढी डलर क्रिप्टोमार्फत कारोबार गरेको खुलेको जनाए । उनले भने, ‘क्रिप्टोमार्फत यति धेरै रकमको कारोबार भएको घटना पूर्वमा पहिलो हो ।’

प्रकाशित : असार २१, २०८१ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×