काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।
सांसद सुवालले नयाँ सत्तासमीकरण व्यापारीको घरमा बसेर बनेको भन्दै आपत्ति समेत जनाए । उनले मध्यरातमा एमाले–कांग्रेसबीच सत्ता समीकरण हुने कुराले कालाबजारीहरूलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताए ।
उनले भने, ‘अहिलेसम्मको सत्ता समीकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समीकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’
सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।
