२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

युवकको मृत्यु प्रकरण : कुटपिटमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा

लक्ष्मी गौतम

पाँचथर — फिदिम नगरपालिका १४ का ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु प्रकरण अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा फिदिम १२ का दिनेश मगर, फिदिम १३ का विजय लिम्बू र फिदिम १४ का सुशील राई छन् ।

उनीहरुले बिहीबार साँझ फिदिम १४ का धनकुमार राईको घरमा राखिएको चिन्ता (धामीझाँक्री) हेर्न आएका दिनेशसहित ४ जनालाई कुटपिट गरेका थिए ।

कुटपिटका कारण सख्त घाइते भएका राईको उपचारार्थ पाँचथर अस्पताल ल्याई नपुर्‍याउँदै मृत्यु भएको थियो । स्थानीय पर्शुराम राई, ध्रुव राई र पुष्कर विक घाइते भएका थिए ।

दिनेशको मृत्युपश्चात् फरार रहेका तीनैजनालाई प्रहरीले शुक्रबार साँझ फिदिम १३ र १४ का विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बिनालाल साह (तेली)ले बताए । उनकाअनुसार घाइते भएकामध्ये ध्रुव राईको पाँचथर अस्पतालमै उपचार भइरहेको छ भने पर्शुराम र पुष्करलाई उपचारपश्चात् डिस्चार्ज गरिएको छ ।

प्रकाशित : असार २१, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×