५८४ म्यानपावर कम्पनीको कारोबार रोक्का

असार २४, २०८१

होम कार्की

584 Suspension of business of Manpower Company

काठमाडौँ — वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले सोमबार ती कम्पनीहरुले कानूनविपरीत कार्य गरेको भन्दै तत्काल कुनै पनि काराेबार गर्न नपाउने गरी कारबाही गरेको जनाएको छ ।

विभागद्वारा जारी सुचना अनुसार म्यानपावरको कारोवार रोक्का गरेको हो । म्यानपावरको कारोबार फुकुवा नभएसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन् । बिभागले वैदेशिक रोजगारमा पठाउने श्रमिकसँग रकम बढी लिएको, अलपत्र परेका श्रमिकलाई उद्धार नगरेको, पीडितलाई रकम फिर्ता नगरेको भन्दै कारोवार रोक्का गरेको हो ।

यी हुन् कारबाहीमा परेका ५८४ म्यानपावर : 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully