कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अधिवक्तामाथि सुरक्षाकर्मीद्वारा आक्रमण भएको भन्दै काठमाडौं बारको आपत्ति

काठमाडौँ — काठमाडौं जिल्ला बार एसोसिएसनले अदालतको सुरक्षामा खटिएका प्रहरी जवानले अदालत परिसरमा अधिवक्ता लक्ष्मी (नानी) थापालाई भौतिक आक्रमण गरी घाइते बनाएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।

अधिवक्तामाथि सुरक्षाकर्मीद्वारा आक्रमण भएको भन्दै काठमाडौं बारको आपत्ति

काठमाडौं बारका सचिव उज्ज्वलराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै सुरक्षाको लागि सेवामा खटिएका सुरक्षाकर्मीबाट भएको यस घटनाले सम्पूर्ण कानून व्यवसायी मर्माहत भएको उल्लेख गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा मिति २०८१/०३/२३ गतेअन्दाजी दिउँसो ०१:१५ बजे अदालतको सुरक्षामा खटिएका प्रहरी जवानले अदालत परिसरमा अधिवक्ता थापालाईअनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको बारले उल्लेख गरेको छ ।

'कानून व्यवसायको सिलसिलामा अदालतमा बहस पैरवीका लागि उपस्थित भएका कानून व्यवसायीलाई सुरक्षाकर्मीबाट भएको भौतिक आक्रमणले समग्र कानून व्यवसायीलाई त्रसित बनाउने र स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्न समेत अबरोध सिर्जना गरेको हुँदा काठमाडौं जिल्ला अदालत बार यस कार्यको घोरभर्त्सना गर्दै कानून व्यवसायी उपर हुने सबै किसिमका अन्याय विरुद्धमा कानूनी प्रतिरक्षामा उत्रन तयार हुने व्यहोरा सबैमा सूचित गराउँदछौं', विज्ञप्तिमा छ ।

प्रकाशित : असार २४, २०८१ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×