कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

वाग्मती नदीमा दुई जनाको शव फेला, एक युवक बेपत्ता 

शिव पुरी

रौतहट — रौतहटको छुट्टाछुट्टै स्थानमा सोमबार बाग्मती नदीले बगाएर ल्याएको अवस्थामा दुई जनाको शव फेला परेको छ । रौतहटमै बाढीमा परेर एक युवक भने बेपत्ता छन् । माधव नारायण नगरपालिका– ९ गढो गाउँ नजिक बाग्मती नदी किनारमा अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको छ ।

वाग्मती नदीमा दुई जनाको शव फेला, एक युवक बेपत्ता 

सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटबाट गएको टोलीले शवलाई बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ । शवको अहिले सम्म सनाखत हुन सकेको छैन । सशस्त्र प्रहरीका अनुसार यमुनामाई गाउँपालिका–४ स्थित नदी किनारमा अन्दाजी ३० बर्षिया महिलाको शव फेला परेको छ ।

स्थानीयको सूचनाको आधारमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बेलबिछावा र गणबाट गएको संयुक्त टोलीले महिलाको शव पानीबाट बाहिर निकालेको जनायो । शसस्त्र प्रहरीका अनुसार गरुडा नगरपालिका–५ महम्मदपुरका अनिल यादव बिहान घरबाट शौच गर्न बाहिर निस्केको बेला बेपत्ता भएका छन् ।

उनको खोजी गर्ने क्रममा नजिकको तलाउमा कपडा फेला पारे पछि डुबेको आशंका गरिएको छ । शसस्त्र प्रहरीले बिपद उद्धार समाग्री सहित तलाउ वरपर खोजी गरिरहेको जनायो । यादब अहिले सम्म फेला नपरेको सशस्त्र प्रहरीले जनायो । केही दिन देखि परेको बर्षाका कारण बाग्मतीमा आएको बाढीले बगाएको हुन सक्ने सुरक्षाकर्मीको ठम्याई छ । फेला परेको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

प्रकाशित : असार २४, २०८१ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×