कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

छोराद्वारा खुकुरी प्रहार गरी आमाको हत्या

तेह्रथुम — लालीगुराँस नगरपालिका-८ सोल्मामा बिहीबार आफ्नै छोराले आमाको हत्या गरेका छन् । बिहीबार अपरान्ह ४ बजे २३ वर्षीय दिपक नेपालीले आफ्नै आमा ४३ वर्षीया तीलमाया नेपालीको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन् ।  

छोराद्वारा खुकुरी प्रहार गरी आमाको हत्या

सामान्य घरायसी विवाद हुँदा माइलो छोरा दिपकले आमा तीलमायालाई खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।

खकुरी प्रहार पछि आमा तीलमायाको घटना स्थलमै मृत्य भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी आमाको हत्या गर्ने छोरा दिपकलाई ईलाका प्रहरी कार्यालय बसन्तपुरले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : असार २०, २०८१ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×