छथर गाउँपालिकाले कोदोको लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गरेर ब्राण्डिङ गर्ने तयारी थालेको छ । घरेलु मदिरालाई ‘ब्यान्ड होइन ब्राण्ड’ बनाउन जिल्लामै पहिलो पटक गाउँपालिकाले तयारी थालेको हो ।
तेह्रथुमको म्याङलुङमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको पल्सर मोटरसाइकल साँझ ५ : ३० बजेतिर दुर्घटना भएको हो ।
सामाजिक र व्यावहारिक रूपमा एकै ठाउँमा घुलमिल भएर बसेका चित्रे बजारका स्थानीय दुई फरक जिल्लाका बासिन्दा हुन् । तेह्रथुम र धनकुटाको सीमामा बसेको यो बजार फरकफरक जिल्लामा पर्दा स्थानीयलाई प्रशासनिक कामकाजको लागि निकै झमेला भोग्नुपरिरहेको छ । यसले स्थानीय तहले प्रवाह गर्ने सेवा सुविधादेखि विकास निर्माणका कामसम्म नै असर परेको छ ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–३ नागदहमा करेन्ट लागेर शनिबार बिहान एक जनाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ वर्षीया बाटुलीदेवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजन चापागाईंले बताए ।
श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।
आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा शनिबार अपराह्न भेटिएको हो ।
लालिगुराँस नगरपालिकाले करिब सय जना करार र दैनिक ज्यालादारीका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ । नगरपालिकाले विभिन्न मितिमा नियुक्त गरेका शिक्षक, श्रेणी विहीन र प्राविधिक कर्मचारी, स्वास्थ्यकर्मी लगायतकालाई गत साउन १ गतेदेखि लागु हुने गरी म्याद नथप्ने भएको हो ।
छथर गाउँपालिका ६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक छिपिन्जो भोटेले जानकारी दिए ।
आठराई गाउँपालिका-६ चुहानडाँडा कात्तिकेमा बिहीबार अपराह्न ४ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना सख्त घाइते भएका छन् ।